निकोलस भुसाललाई ५ दिन हिरासतमा राख्न प्रशासनको अनुमति
सारांश
- काठमाडौं जिल्ला प्रशासनले डा. निकोलस भुसाललाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ।
- भुसाललाई सार्वजनिक शान्ति विरुद्धको कसुरमा अनुसन्धान गर्न प्रहरीले पक्राउ गरेको थियो।
- उनले सामाजिक सञ्जालमा पूर्व प्रधानमन्त्री र अन्य व्यक्तिको घर घेर्ने र क्षेप्यास्त्र आक्रमण गर्ने चेतावनी दिएका थिए।
काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौँले डा. निकोलस भुसाललाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ ।
काठमाडौँका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलले सार्वजनिक शान्ति विरुद्धको कसुरमा अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएका हुन् ।
हिंसा भड्काउने अभिव्यक्ति दिएपछि प्रहरीले उनलाई पक्राउ गरेर बुधवार जिल्ला प्रशासन कार्यालयमा उपस्थित गराएको थियो । भुसाल कार्तिक १८ मा गोरखाको सरस्वती आश्रमबाट पक्राउ परेका हुन् ।
भुसालले कार्तिक १६ मा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली, पूर्व गृहमन्त्री रमेश लेखक र काठमाडौँका तत्कालिन प्रजिअ छवि रिजालको घर घेर्ने भन्दै सामाजिक सञ्जालमा पोस्ट गरेका थिए । त्यस्तै उनले ‘क्षेप्यास्त्र आक्रमण गर्ने’ चेतावनी दिएका थिए ।
मुलुकी अपराध संहिता २०७४ को परिच्छेद–२ मा रहेको ‘सार्वजनिक शान्ति विरुद्धको कसुर’ अन्तर्गत झुटा अफवाह फैलाएमा कानुनी कारबाही हुने व्यवस्था छ । सो ऐन अनुसार झुटा अफवाह फैलाएमा १ वर्षसम्म कैद वा दश हजार सम्म जरिवाना हुने व्यवस्था छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिमका पहाडी जिल्लामा बर्खा लाग्नासाथ बढ्छ दुर्घटनाको जोखिम
-
बाढी–पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग (विवरणसहित)
-
हृदयघात भएको पहिलो १० मिनेटमा के गर्ने ?
-
दिनदिनै लौकाको जुस पिउँदा शरीरलाई हुन्छ यस्ता फाइदा
-
अनुहारमा दही लगाउँदा के हुन्छ ?
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण