वामदेवलाई प्रचण्डले भने– तपाईँ पनि नेता हो, काम गर्नुस्
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले समाजवादको स्पष्टताबारे नेता वामदेव गौतमले उठाएको प्रश्नको जवाफ फर्काएका छन् ।
बुधबार पार्टी एकता घोषणा सभालाई सम्बोधन गर्दै प्रचण्डले गौतमलाई जवाफ फर्काएका हुन् । गौतमले पार्टी र नेतृत्वको आर्थिक स्रोत माग्दै समाजवादी क्रान्ति कस्तो हो भनेर प्रश्न उठाएका थिए ।
‘म वामदेवजीलाई भन्न चाहन्छु । उहाँले विचार उत्तेजक भएर समाजवादी क्रान्ति कस्तो हुन्छ ? के हो भनेर भन्नुभयो ? मेरो त सबै किताब जल्यो । तपाईँसँग किताब छ कि भनेर मागेको होइन ? तपाईँले किताब दिनुभयो । त्यो किताब अहिले अध्ययन गर्दै छु । तपाईँलाई नै प्रश्न गर्न चाहन्छु । हामीसँग प्रश्न गर्ने होइन, अब तपाईँ पनि हो नि नेता’, उनले भने ।
यस्तै आर्थिक उत्पादन गरी पार्टीलाई आत्मनिर्भर बनाउने विषयमा गौतमलाई नै उत्पादनको जिम्मा दिनुपर्छ भनेर सोचिराखेको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तपाईँ प्रधानमन्त्री बन्ने हल्ला छ नी भन्ने प्रश्नमा रविले दिए यस्तो जवाफ
-
रमा तिवारीको हत्यामा संलग्न आरोपमा भारतीय युवक पक्राउ
-
जनकपुरधाममा अव्यवस्थित पार्किङले सास्ती, व्यवस्थापनको पर्खाइमा सर्वसाधारण
-
भारत भ्रमण सकेर स्वदेश फर्किएका रवि लामिछानेले के भने ?
-
फेरि बढ्यो अण्डाको मूल्य : प्रति क्रेट कति पुग्यो ?
-
१८ औं इन्डो–नेपाल खुला कराते: एकल कातामा सुलभ र अंकितालाई स्वर्ण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण