मङ्गलबार, २६ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

म्यानमारका स्क्यामिङ केन्द्रबाट १४ नेपालीकाे उद्धार

बुधबार, १९ कात्तिक २०८२, २० : ५०
बुधबार, १९ कात्तिक २०८२

काठमाडौँ । विभिन्न प्रलोभनमा परी म्यानमार पुगेका १४ जना नेपाली नागरिकलाई थाइल्याण्डस्थित नेपाली राजदूतावासले उद्धार गरी बुधबार नेपाल फर्काएको छ ।

राजदूतावासका अनुसार यी नेपालीहरू म्यानमारको म्यावडी क्षेत्रमा अवैध रूपमा सञ्चालन भएका अनलाइन स्क्यामिङ केन्द्रहरूमा विभिन्न काममा लगाइएका थिए ।

उनीहरूलाई उद्धार गरी थाइल्याण्डको टाक प्रान्तस्थित अध्यागमन कार्यालय (मेसोट) हुँदै नेपाल एयरलाइन्स मार्फत आज नेपाल फर्काइएको हो ।

यसैबिच म्यानमारमा रहेका थप ११ जना नेपालीलाई पनि चाँडै स्वदेश फर्काउने तयारी भइरहेको राजदूतावासद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ ।

राजदूतावासका अनुसार २०२५ अक्टोबर १९ पछि म्यानमारको म्यावडी क्षेत्रका विभिन्न स्क्यामिङ केन्द्रहरूबाट २८ मुलुकका करिब २ हजार विदेशी नागरिक थाइल्याण्ड प्रवेश गरेका थिए । जसमा ३८ जना नेपाली पनि रहेका छन् । यी नेपालीहरूलाई पनि शीघ्र नेपाल फर्काउन समन्वयमा जारी छ ।

राजदूतावासले नेपालीहरूलाई वैदेशिक रोजगारीमा जानुअघि सरकारले तोकेको श्रम स्वीकृति प्रक्रिया अनिवार्य रूपमा पूरा गर्न र कसैको प्रलोभनमा परी अवैध रूपमा विदेश नजान आग्रह गरेको छ ।

Press Release- Rescue of 14 Nepali Nationals11052025_page-0001

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप