बिहीबार, २५ असार २०८३
ताजा लोकप्रिय

सशस्त्र प्रहरीको निरीक्षक पदको लिखित तथा प्रयोगात्मक परीक्षाको नतिजा प्रकाशन

बुधबार, १९ कात्तिक २०८२, २२ : १७
बुधबार, १९ कात्तिक २०८२

सारांश

  • सशस्त्र प्रहरी बलले साधारण निरीक्षक पदको लिखित तथा प्रयोगात्मक परीक्षाको नतिजा सार्वजनिक गरेको छ।
  • विज्ञापन अनुसार, लेखा उपसमूहतर्फ निरीक्षक पदको अन्तर्वार्ता परीक्षाको नतिजा प्रकाशित गरियो।
  • उत्तीर्ण उम्मेदवारहरूलाई आवश्यक कागजातसहित भद्रगोलमा सम्पर्क राख्न भनिएको छ।

काठमाडौँ । सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालय, भर्ना तथा छनोट शाखाले साधारण निरीक्षक पदको लिखित तथा प्रयोगात्मक परीक्षाको नतिजा प्रकाशन गरेको छ । 

विज्ञापन नम्बर १०(०८१८२) को २०८१ फागुन १६ मा प्रकाशित विज्ञापनअनुसार खुला प्रतियोगिताद्वारा पदपूर्ति गरिने साधारण समूह, लेखा उपसमूहतर्फ सशस्त्र प्रहरी निरीक्षक पदको अन्तर्वार्ता परीक्षाको नतिजा प्रकाशित गरिएको हो । 

उत्तीर्ण उम्मेदवारहरूले कात्तिक २३ गते बिहान १० बजे नेपाली नागरिकताको प्रतिलिपि, बाबुको नागरिकताको प्रतिलिपि, शैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपि र पासपोर्ट साइजको फोटो ४-४ प्रति लिएर सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालय भद्रगोलमा सम्पर्क राख्न सूचित गरिएको छ ।

apf

* यसअघि प्रकाशित समाचारमा शीर्षक अन्यथा भएकोले सच्याइएको छ – सम्पादक

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप