जुक्ति : ज्याकेटमा विज्ञापन बेचेरै निकाले बिहे खर्च
सारांश
- टाट पल्टिएका फ्रान्सेली व्यक्तिले आफ्नो विवाहको खर्च जुटाउन टक्सिडोमा विज्ञापन छाप्ने योजना बनाए।
- उनले सामाजिक सञ्जालमार्फत सहयोग मागेपछि, विभिन्न ब्रान्डहरूले उनको ज्याकेटमा विज्ञापन गर्न रकम तिरे।
- यस अनौठो तरिकाबाट उनले विवाह मात्र गरेनन्, सपनाको जागिर पनि पाए।
पेरिस । फ्रान्समा टाट पल्टिएका एक व्यक्तिले आफ्नो टक्सिडो ज्याकेटलाई बिलबोर्ड बनाएरै आफ्नो बिहेको खर्च जुटाउन सफल भएका छन् ।
फ्रान्सेली सेल्सम्यान डागोबर्ट रेनोफले लामो समयदेखि आफ्नो मंगेतर अन्ना प्लानिनासँग विवाह गर्ने सपना देखिरहेका थिए, तर बिहेको खर्च धान्न सक्ने अवस्थामा उनी थिएनन् ।
उनी टाट पल्टिएका थिए, घरबारविहीन हुने स्थितिमा थिए । यस्तोमा उनले आफ्नी हुनेवाली श्रीमतीको बिहेको सपना पूरा गर्न उपाय निकालेका हुन् ।
रेनोफले मानव बिलबोर्ड बनेर आफ्नो विवाहको खर्च जुटाउनेबारे सोचे । जुलाईमा उनले माइक्रोब्लगिङ वेबसाइटमा एउटा पोस्ट गरे । जहाँ उनले आफ्नो सुट ज्याकेटमा कुनै पनि इच्छुक कम्पनीले आफ्नो सामान वा सेवा विज्ञापनका लागि ठाउँ किन्न सक्ने भनेर लेखेका थिए । उनको पोस्ट भाइरल भयो, उनको ज्याकेटमा २६ ब्रान्डका १० हजार डलरको विज्ञापन आयो ।
बिहेका लागि पैसा नभएपछि रेनोफले सामाजिक सञ्जालमा मद्दत माग्दा कसैले ‘तेरो लोगो सुटमा मेरो लोगो राखिदिने हो भने ५७६ डलर दिन्छु’ भनेर जिस्काए । सुरुमा अन्नाले यो आइडिया मन पराएकी थिइनन्, पछि दुवैले यसबारे गम्भीरतापूर्वक सोचे । अक्टोबर २५ मा रेनोफले अन्नासँग १६ जनासामु बिहे गरे, जतिबेला उनले एउटा टक्सिडो लगाएका थिए । यसमा २६ वटा स्टार्टअप कम्पनीको लोगो थियो, अतिथिहरूलाई यो आयडिया मन पर्यो ।
तर रेनोफ भने सबैको लोगो नदेखिने हो कि भन्नेमा चिन्तित थिए, छोटो समयमा यस्तो ज्याकेट बनाउन सजिलो पनि थिएन । तर उनले गरेर देखाइदिए । यति छोटो समयमा लोगो हालेर ज्याकेट बनाउन आफूले सोचेभन्दा निकै गाह्रो भएको उनले सुनाए ।
उक्त ज्याकेट बनाउन ५ हजार २०० डलर लाग्यो । विज्ञापनबाट आएको १० हजार डलरमा उनले दुई हजार ५०० त कर नै तिर्नुपर्यो । अन्त्यमा उनको हातमा २ हजार डलर मात्र थियो । तर यो आइडियाबाट उनको बिहे मात्रै सम्पन्न भएन, उनले सपनामा कल्पना गरेको जागिर पनि पाए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल तयारी पोसाक उद्योग संघका पदाधिकारीसँग छलफल गर्दै प्रधानमन्त्री
-
भक्तपुरमा गेस्टहाउसबाट खसेर किशोरीको मृत्यु भएको घटनाबारे प्रहरीले अनुसन्धान गर्दै
-
उच्च अदालत विराटनगरले तीन हजार ५८ मुद्दा फैसला गर्न सकेन
-
किन फरक छ दिल्लीको विद्यार्थी आन्दोलन ?
-
सिक्किमको टिस्टा जलविद्युत् आयोजनाको सुरुङमा पहिरो : ८ जनाको मृत्यु, १९ जना थुनिए
-
बाढीका कारण अफगानिस्तानमा कम्तीमा २० जनाको मृत्यु, १०० भन्दा बढी बेपत्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण