गोङ्गबुबाट ४ जना लागुऔषध सेवनकर्ता पक्राउ
बिहीबार, २० कात्तिक २०८२, ११ : ३४
सारांश
- काठमाडौंको गोङ्गबुबाट प्रहरीले लागुऔषध सेवनकर्ता ४ जनालाई पक्राउ गरेको छ।
- पक्राउ पर्नेमा सुजल विश्वकर्मा, निरज लामा, विदुर याङ्बो र रोमन राई रहेका छन्।
- प्रहरीले सुजलको कोठाबाट ०.५० ग्राम खैरो हेरोइन बरामद गरेको छ।
काठमाडौँ । काठमाडौँको टोखा नगरपालिका–९ स्थित गोङ्गबुबाट प्रहरीले लागुऔषध सेवनकर्ताहरूलाई पक्राउ गरेको छ । ४ जना सेवनकर्ताहरूलाई पक्राउ गरिएको उपत्यका प्रहरी कार्यालयका एक जना अधिकृतले रातोपाटीलाई बताए ।
पक्राउ पर्नेमा सुनसरीको धरान घर भएका १९ वर्षीय सुजल विश्वकर्मा, काभ्रेको रोशी गाउँपालिका–५ घर भएका ३२ वर्षीय निरज लामा, झापा घर भएका ३१ वर्षीय विदुर याङ्बो र भोजपुर घर भएका १९ वर्षीय रोमन राई छन् ।
सुजल विश्वकर्माको डेराको गलैँचामुनि लुकाएर राखेको अवस्थामा ०.५० ग्राम खैरो हेरोइन बरामद गरिएको प्रहरीले जनाएको छ । आरोपीहरूमाथि प्रहरी प्रभाग गोंगबुले अनुसन्धान गरिरहेको छ ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण