अनिल र अस्मिता गीतमा सानिशा र आशीर्वादको ठुम्का
बिहीबार, २० कात्तिक २०८२, १२ : १३
सारांश
- सर्जक अनिल अधिकारीको गीत ‘कसले भनेको’ सार्वजनिक भएको छ, जसमा अस्मिता अधिकारीको स्वर रहेको छ।
- गीतले जीवनप्रतिको सकारात्मक दृष्टिकोण, हाँसो र उत्साहलाई प्रस्तुत गरेको छ, जसमा प्रेमको भाव समावेश छ।
- भिडियोमा सानिशा भट्टराई र आशीर्वाद क्षेत्रीको अभिनय रहेको छ, जसमा नेवारी संस्कृति झल्किन्छ।
काठमाडौँ । सर्जक तथा सङ्गीतकार अनिल अधिकारीले शब्द, सङ्गीत तथा स्वर रहेको गीत ‘कसले भनेको’ सार्वजनिक गरिएको छ । गीतमा अधिकारीलाई स्वरमा अस्मिता अधिकारीले साथ दिएकी छन् ।
गीतले जीवनप्रतिको सकारात्मक दृष्टिकोण, हाँसो र उत्साहलाई उजागर गरेको छ । यसमा उमङ्ग, आत्मविश्वास र प्रेमको भावलाई रमाइलो र सहज लयमा प्रस्तुत गरिएको छ । गीतको एरेञ्ज सारिता राईले गरेकी हुन् । भिडियोको निर्देशन नकेश खड्काको छ । छायांकन उद्दव दाहालको छ ।
भिडियोमा पछिल्लो समय चलचित्र क्षेत्रमा समेत चर्चा कमाएकी अभिनेत्री सानिशा भट्टराई र अभिनेता आशीर्वाद क्षेत्रीको अभिनय छ । नेवारी संस्कृति, परम्परागत पोसाक र पुरातन वास्तुकलाका झल्कोहरू सुन्दर ढङ्गले प्रस्तुत गरिएको भिडियोमा सांस्कृतिक र दृश्यात्मक गहिराइ दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अभिनेत्री दीपाश्री निरौला डिस्चार्ज
-
प्रधान न्यायाधीश शर्मा भारत प्रस्थान
-
वैदेशिक व्यापारमा नयाँ रेकर्ड, तर व्यापार घाटा झण्डै १८ खर्ब
-
राजेश हमालकाे प्रश्न : देशको शासन प्रणाली ‘हिट एन्ड मिस’ को भरमा सञ्चालन गर्नु कत्तिको बुद्धिमानी हो ?
-
चालु आव ‘कानुन निर्माण तथा सुधार वर्ष’ घोषणा, उच्चस्तरीय समिति गठन
-
नेदरल्यान्ड्सविरुद्ध नेपाल १५७ रनमै अलआउट, फेरि धर्मरायो ब्याटिङ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण