निर्देशक टंक बुढाथोकीको गुनासो : मलाई हराउन धेरै लागे
सारांश
- शुक्रबारबाट प्रदर्शनमा आउने फिल्म 'मन बिनाको धन' ले देशभरका हलहरूमा अपेक्षित शो पाउन सकेको छैन।
- फिल्मका निर्माता निर्देशक टंक बुढाथोकीले हल सञ्चालकहरूले फिल्मलाई नपत्याएको गुनासो गर्दै असन्तुष्टि जनाएका छन्।
- फिल्मले कम शो पाउनुको मुख्य कारण 'जारी २' सँगको प्रतिस्पर्धा हो, जसले गर्दा 'मन बिनाको धन' शो बाँडफाँटमा चेपुवामा परेको छ।
काठमाडौँ । शुक्रबारबाट प्रदर्शनमा आउने फिल्म हो ‘मन बिनाको धन’ । फिल्मले देशभरका हलहरूमा अपेक्षित शो पाउन सकेको छैन । फिल्मलाई हलले अपेक्षित शो नदिएपछि यसका निर्माता निर्देशक टंक बुढाथोकीले असन्तुष्टि व्यक्त गरेका छन् ।
उनले सामाजिक सञ्जाल फेसबुकमा एक पोस्ट गर्दै हल सञ्चालकहरूले आफ्नो फिल्मलाई नपत्याएको गुनासो गरेका छन् । आफूलाई हराउन धेरै लागिपरेको उनको आरोप छ ।
उनले लेखेका छन्, ‘म हार्दैछु, मलाई हराउन धेरै लागे, सधैं लागे । ठीकै छ । सिनेमाघर सञ्चालकहरूले ‘मन बिनाको धन’लाई नपत्याए पनि हामीलाई हजुरहरूले पत्याउनु भएको छ । भोलिबाट प्रदर्शन हुने हाम्रो फिल्मको शो एकदमै कम दिने, कतिपय ठाउँमा नदिने निर्णयले दुःख लागेको छ । म हार्दैछु, मसँगै अशोकले पनि हार्दैछन् ।’
बिहीबार बिहानसम्म ‘मन बिनाको धन’ले देशव्यापी ५२ शो पाएको छ । यसले कम शो पाउनुको मुख्य कारण ‘जारी २’ सँगको प्रतिस्पर्धा हो । ‘जारी २’ सिक्वेल फिल्म भएकाले हलहरूले ठुलो संख्यामा शो उपलब्ध गराएका छन् । जसले गर्दा ‘मन बिनाको धन’ शो बाँडफाँटमा चेपुवामा परेको छ । ५२ शोमा फिल्मले राम्रो अकुपेन्सी हासिल गरेमा शनिबार स्वतः शो बढ्नेछ ।
‘मन बिनाको धन’ गायक अशोक दर्जीको जीवनकथामा आधारित फिल्म हो । फिल्ममा अशोकको अलावा सरोज खनाल, नीता ढुंगाना, रमेश विश्वकर्मा, भोला सापकोटा, बुद्धि तामाङ, रवीन्द्र झा, सन्तोष पन्त, रमा थपलिया, एआर बुढाथोकी, बिना राउत, उत्सव सापकोटा लगायतको पनि अभिनय छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संयुक्त राष्ट्रसङ्घ नेतृत्व चयनकाे दौडमा, उम्मेदवारबिच बहस हुँदै
-
डा. गोविन्द केसीलाई अनसन स्थगित गर्न सुदूरपश्चिमेलीको आग्रह
-
रास्वपा सभापति रवि चीन भ्रमणमा जाँदै
-
देशका विभिन्न ६ वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा
-
बीमा र धितोपत्र सम्बन्धी कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ
-
त्रिविसहित अन्य विश्वविद्यालयमा प्रोफेसर एक्सचेन्ज प्रोग्राम ल्याउन पहल थालेको छु : शिक्षामन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण