बालेनविरुद्ध नेपाल प्रहरीको साइबर ब्युरोमा जाहेरी
सारांश
- राष्ट्रिय युवा संघ नेपालले काठमाडौँका मेयर बालेन साहविरुद्ध साइबर ब्युरोमा जाहेरी दिएको छ।
- युवा संघले सामाजिक सञ्जालमा एमाले, कांग्रेस र विदेशी देशलाई गाली गरेको आरोप लगाएको छ।
- मेयर साहले अश्लील शब्द प्रयोग गरेको र सार्वजनिक शान्ति खलल पारेको आरोप छ।
काठमाडौँ । नेकपा एमाले निकट राष्ट्रिय युवा संघ नेपालले काठमाडौँ महानगरपालिकाका मेयर बालेन साहविरुद्ध नेपाल प्रहरीको साइबर ब्युरोमा जाहेरी दिएको छ ।
सामाजिक सञ्जालबाट एमाले, काङ्ग्रेसलगायतका दलका साथै विदेशी देशहरूलाई गाली गरेको कसुरमा युवा सङ्घले बालेन साहविरुद्ध जाहेरी दिएको हो ।
जाहेरी पत्रमा सार्वजनिक पदमा बसेको व्यक्तिले दलका साथै अन्य देशलाई गाली गरि सार्वजनिक शान्ति खलल गरेको,सामाजिक भाइचारा बिगारेको र अन्तर्राष्ट्रिय सम्बन्धमा समेत आँच आउने कार्य गरेकाले प्रचलित कानुन बमोजिम कारबाही गर्न माग गरिएको राष्ट्रिय युवा सङ्घ नेपालका उपाध्यक्ष महाराज गुरुङले जानकारी दिए ।
जाहेरीमाथि छलफल गरेर आवश्यक प्रक्रिया अघि बढाउने जानकारी प्राप्त भएको उनले बताए । बालेनले केहि दिन अघि अश्लील शब्द प्रयोग गर्दै गालीगलौजयुक्त स्ट्याटस फेसबुकमा राखेका थिए । आलोचना भएपछि बालेनले स्ट्याटस फेसबुकबाट हटाएका थिए ।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी ६ प्रदेशमा भारी वर्षाको सम्भावना
-
पूर्व सहमति नलिई सवारीसाधन खरिद गर्न नपाइने
-
यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमय दर
-
जानकी गाउँपालिकाको सेवा नयाँ प्रशासनिक भवनबाट सुरु
-
कस्तो रहला तपाईँको दिन ? हेर्नुहोस् आजकाे राशिफल
-
सामाजिक सुरक्षा कोषमा ३० लाख बढी योगदानकर्ता आबद्ध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण