यी हुन् टी-ट्वान्टी विश्वकप २०२६ का लागि सम्भावित खेल मैदानहरू
सारांश
- आईसीसीले २०२६ को टी-ट्वान्टी विश्वकप भारत र श्रीलंकामा संयुक्त रूपमा आयोजना गर्ने भएको छ।
- विश्वकपका खेल भारतका पाँच र श्रीलंकाका तीन मैदानमा हुनेछन्, जसमा फाइनल अहमदाबादमा हुनेछ।
- यस विश्वकपमा २० टिमले प्रतिस्पर्धा गर्नेछन्, जसमा नेपाल पनि सहभागी हुनेछ।
काठमाडौँ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले सन् २०२६ मा भारत र श्रीलङ्कामा संयुक्त रूपमा हुने पुरुष टी-ट्वान्टी विश्वकपका खेल मैदानहरूको सम्भावित सूची सार्वजनिक गरेको छ।
भारतका पाँच र श्रीलङ्काका तीन मैदानमा खेल सञ्चालन हुने भएको हो। भारततर्फ अहमदाबाद, दिल्ली, कोलकता, चेन्नई र मुम्बई चयन गरिएका छन् भने श्रीलङ्कातर्फ कोलम्बो र क्यान्डीका दुई मैदानलाई सूचीमा राखिएको छ।
विश्वकप आगामी फेब्रुअरी ७ बाट सुरु भएर मार्च ८ मा अहमदाबादस्थित नरेन्द्र माेदी क्रिकेट स्टेडियममा हुने फाइनल खेलसँगै सम्पन्न हुनेछ। यदि पाकिस्तान फाइनलमा पुग्यो भने खेल श्रीलङ्कामा हुनेछ।
यस विश्वकपमा कुल २० टिम सहभागी हुनेछन्। चार समूहमा पाँच-पाँच टिम रहनेछन् र समूह चरणपछि शीर्ष दुई-दुई टोली सुपर–एटमा पुग्नेछन्। त्यसपछि दुई समूहका शीर्ष दुई टिमले सेमिफाइनल खेल्नेछन् र विजेताहरू फाइनलमा भिड्नेछन्।
सहभागी टोलीहरूमा आयोजक भारत र श्रीलङ्कासहित अफगानिस्तान, अस्ट्रेलिया, बङ्गलादेश, इंग्ल्यान्ड, दक्षिण अफ्रिका, संयुक्त राज्य अमेरिका, वेस्ट इन्डिज, न्युजिल्यान्ड, पाकिस्तान, आयरल्यान्ड, क्यानडा, इटाली, नेदरल्याण्ड, नामिबिया, जिम्बाबे, नेपाल, ओमान र संयुक्त अरब इमिरेट्स छन्।
भारत हालको विजेता हो, जसले २०२४ विश्वकपको फाइनलमा दक्षिण अफ्रिकालाई हराएको थियो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरान युद्धका लागि अमेरिकी तल्लो सदनबाट ९५ अर्ब डलरको बजेट स्वीकृत
-
आफ्नै एयरलाइन्स कम्पनी खोल्दैछन् भारतीय अर्बपति गौतम अदानी
-
कैलालीमा सङ्गठित तथा आर्थिक अपराधसम्बन्धी घटना धेरै
-
लागुऔषधसहित ४ जना पक्राउ
-
गर्मीबाट बच्न जापानी कम्पनीले ल्यायो मानव फ्रिज
-
ज्येष्ठ नागरिकको हेरचाह र अधिकारका लागि अलग्गै संरचना बनाउनुपर्छ : न्यायाधीश फुयाँल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण