सुर्खेत प्रहरी हिरासतमा लागुऔषध मुद्दाका थुनुवाको मृत्यु
सारांश
- सुर्खेत प्रहरी हिरासतमा एक थुनुवाको मृत्यु भएको छ, उनी लागुऔषध मुद्दामा पक्राउ परेका थिए।
- मृत्यु हुनेमा ३५ वर्षीय गंगे सुनार थिए, उनलाई अस्पताल पुर्याउँदा चिकित्सकले मृत घोषणा गरे।
- सुनार ७८ दिनअघि लागुऔषध मुद्दामा पक्राउ परेका थिए, उनी उच्च रक्तचापका बिरामी पनि थिए।
सुर्खेत । जिल्ला प्रहरी कार्यालय सुर्खेतको हिरासतमा रहेका एक थुनुवाको आज बिहान मृत्यु भएको छ। मृत्यु हुनेमा लागुऔषध मुद्दामा पक्राउ परेका ३५ वर्षीय गंगे सुनार रहेका छन्।
प्रहरीका अनुसार, सुनारलाई शुक्रबार बिहान करिब ६ बजे सँगै सुत्ने साथीले उठाउन खोज्दा उनी अचेत अवस्थामा भेटिएका थिए। तत्काल प्रहरीलाई खबर भएपछि उनलाई कर्णाली प्रदेश अस्पताल पुर्याइएको थियो।
अस्पताल पुर्याएको आधादेखि एक घण्टाभित्र चिकित्सकहरूले सुनारलाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायव उपरीक्षक मोहनजंग बुढथापाले जानकारी दिए।
सुनार ७८ दिनअघि लागुऔषध मुद्दामा पक्राउ परेका थिए। प्रहरीका अनुसार, उनी लागुऔषध प्रयोगकर्ता र उच्च रक्तचापका बिरामी थिए र नियमित औषधी सेवन गरिरहेका थिए।
संयोगवश, आजै सुनारको मुद्दाको अदालतमा अन्तिम सुनुवाइ (फाइनल हियरिङ) तय भएको थियो।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण