दुई वर्षको प्रेम, विवाह सुरु भएको दुई मिनेटमै बबाल
सारांश
- इन्दौरमा एक विवाह समारोहमा बेहुलाले फोटोग्राफरलाई थप्पड हानेपछि बेहुलीले विवाह अस्वीकार गरिन्।
- दुई वर्षको प्रेम सम्बन्धपछि विवाह तय भएको जोडीको सम्बन्ध, स्वयंवरकै क्रममा टुटेको हो।
- बेहुलीले बेहुलाको व्यवहारको विरोध गर्दै विवाह नगर्ने अडान लिइन् र प्रहरीमा उजुरी दिइन्।
काठमाडौँ । दुई वर्ष लामो प्रेमलाई विवाहमा परिणत गर्न लागेको एक जोडीको सम्बन्ध वैवाहिक समारोह सुरु भएको दुई मिनेटमै टुटेको छ ।
भारतको मध्य प्रदेश राज्यको इन्दौरस्थित नंदलालपुरास्थित कोष्टी समाज धर्मशालामा बुधबार राति वैवाहिक समारोह आयोजना गरिएको थियो । स्वयंवरकै क्रममा बेहुलाले फोटोग्राफरलाई थप्पड हानेपछि बेहुलीले विवाहका लागि अस्वीकार गरेकी हुन् ।
भारतीय सञ्चारमाध्यमका अनुसार बाबु घनश्यामनगर क्षेत्र निवासी युवतीको विवाह गौरव माठे नाम गरेका युवकसँग तय भएको थियो । यी दुईबिच दुई वर्ष लामो प्रेम सम्बन्ध थियो ।
बुधबार बेलुका गौरव विवाहका लागि जन्तीसहित धर्मशाला पुगेका थिए । स्वयंवर गर्ने मञ्च नजिकै फोटोग्राफी गरिरहेका युवक बेहुली नजिकै उभिएर पानी पिउँदै थिए । यत्तिकैमा बेहुलाले ती फोटोग्राफरलाई थप्पड हाने ।
अचानक भएको यो घटनापछि बेहुली स्तब्ध भइन् । उनले बेहुलाको व्यवहारको विरोध गरिन् । त्यसपछि गौरवले बेहुलीमाथि पनि अभद्र व्यवहार गरे । प्रत्युत्तरमा बेहुलीले गौरव (बेहुला)लाई मञ्चबाट जान भनिन् र विवाह नगर्ने अडान लिइन् ।
बेहुला र बेहुली पक्षका मानिसले सम्झाउन हरसम्भव प्रयास गरे पनि बेहुलीले विवाह गर्न अस्वीकार गरेको बताइएको छ । बेहुली राति नै एमडी रोडस्थित प्रहरी थानामा पुगेर बेहुलाविरुद्ध उजुरी दिएकी थिइन् । प्रहरीले उक्त उजुरीबारे कारबाही सुरु गरेको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कुल आय ३० अर्ब ३८ करोड नाघ्यो, आन्तरिक राजस्वको योगदान ४ अर्ब ७० करोडभन्दा बढी
-
प्रहरीमा प्राविधिक तर्फका दामोदर कँडेल एसएसपीमा बढुवा सिफारिस
-
कांग्रेसलाई लोकतन्त्रका लागि लड्ने क्षमता मिलोस् : केपी ओली
-
अभियन्ता वेदिका केसी पक्राउ
-
विद्युत् नियमन आयोगको अध्यक्षमा पुनः डा.धिताल नियुक्त
-
कसैले आलोचना गर्दैमा ढुङ्गा हानेर गन्तव्यमा पुग्न सकिँदैन : विश्वप्रकाश शर्मा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण