बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

सुर्खेतमा हिरासतभित्रै थुनुवाको मृत्यु : आफन्तद्वारा प्रदर्शन

शुक्रबार, २१ कात्तिक २०८२, १२ : १५
शुक्रबार, २१ कात्तिक २०८२

सारांश

  • सुर्खेत जिल्ला प्रहरी हिरासतमा एक थुनुवाको मृत्यु भएपछि आफन्तले विरोध प्रदर्शन गरेका छन्।
  • मृतक ३५ वर्षीय गंगे सुनारको मृत्युको कारणबारे उचित अनुसन्धानको माग गर्दै आफन्तले प्रहरीलाई दोषी ठहराएका छन्।
  • प्रहरीका अनुसार, सुनार लागुऔषध मुद्दामा पक्राउ परेका थिए र उच्च रक्तचापका बिरामी थिए।

‎‎सुर्खेत । जिल्ला प्रहरी कार्यालय सुर्खेतको हिरासतमा रहेका एक थुनुवाको मृत्यु भएपछि आफन्तहरूले प्रदर्शन गरेका छन्। वीरेन्द्रनगरका ३५ वर्षीय गंगे सुनारको आज बिहान हिरासतमा मृत्यु भएको हो। 

‎‎आफन्तले प्रहरीको कुटपिटका कारण मृत्यु भएको आरोप लगाउँदै घटनाको उचित अनुसन्धानको माग गरेका छन्। उनीहरुले प्रहरी कार्यालय बाहिर आन्दोलन गरिरहेका हुन् ।

‎जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार, सुनारलाई शुक्रबार बिहान करिब ६ बजे सँगै सुत्ने साथीले उठाउन खोज्दा अचेत अवस्थामा फेला पारेका थिए। तत्काल प्रहरीलाई खबर गरिएपछि उनलाई कर्णाली प्रदेश अस्पताल पुर्‍याइएको थियो। 

अस्पताल पुर्‍याएको आधादेखि एक घण्टाभित्र चिकित्सकहरूले उनलाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायव उपरीक्षक मोहनजंग बुढथापाले जानकारी दिए।

‎‎प्रहरीका अनुसार, सुनार ७८ दिनअघि लागुऔषध मुद्दामा पक्राउ परेका थिए। उनी लागुऔषध प्रयोगकर्ता र उच्च रक्तचापका बिरामी थिए र नियमित औषधि सेवन गरिरहेका थिए। संयोगवश, आजै सुनारको मुद्दाको अदालतमा अन्तिम सुनुवाइ तय भएको थियो।

‎‎यस घटनाले सुर्खेतमा तनाव बढाएको छ भने सुनारका आफन्तले न्यायको माग गर्दै प्रदर्शन जारी राखेका छन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप