वृद्ध नेताको मेल, युवामाथि झेल (भिडियो)
काठमाडौँ । कात्तिक १९ गते निकै तामझामका साथ एकीकृत पार्टीको घोषणा भयो- नेपाली कम्युनिस्ट पार्टी । माओवादी केन्द्र, एकीकृत समाजवादीसहित १० दलको एकताबाट बनेको पार्टीको चुनाव चिन्ह राखिएको छ- पाँचकुने तारा । १० दलको एकता भनिएपनि खासमा यो माओवादी र एकीकृत समाजवादीबीचको एकता हो भन्दा हुन्छ ।
केही समयदेखि एकता गर्ने चर्चा चलेका यी पार्टीलाई एकता गराउन चाहिँ देशमा जेनजी आन्दोलन नै हुनुपर्यो । आन्दोलनले पुराना नेतालाई सत्ताबाट बढारिदिएपछि आ-आफ्नो स्पेस खोज्ने क्रममा यी पार्टीबीच एकता हुन पुगेको हो । तर जेनजी विद्रोहको सन्देश थियो- ‘पुराना पार्टीहरुमा नेतृत्व परिवर्तनसहितको व्यापक रिफर्म ।’
तर हाल नेपाली कम्युनिस्ट पार्टीको संयोजक बनेका प्रचण्ड र सहसंयोजक बनेका माधवकुमार नेपालले जेनजीको माग र आफ्नै पार्टीभित्रका दोस्रो, तेस्रो तहका नेताहरुले उठाइरहेको नेतृत्व हस्तान्तरणको बहसलाई बेवास्ता गर्दै पार्टी एकता गरे ।
जेनजी आन्दोलनले सबैजसो पार्टीमा भूकम्प नै ल्याइदिएको छ । नेपाली कम्युनिस्ट पार्टीको रुपमा एकीकृत हुँदै गर्दा माओवादी र एकीकृत समाजवादीभित्र पनि पहिरो गइसकेको थियो । किनकि केही पार्टीका प्रभावशाली नेताहरु एकता प्रक्रियामा गएनन् । माओवादीका जनार्दन शर्मा, राम कार्की, सुदन किराती, एकीकृत समाजवादीका घनश्याम भुसाल, रामकुमारी झाँक्री लगायत नेता एकता प्रक्रियाको विपक्षमा रहँदै पार्टीबाट अलग भए । छुटेका नेताहरुको माग थियो- पुरानै नेतृत्व र संरचनामा एकता हुँदैन, जेनजी पुस्ताले गरेको आन्दोलनको मर्म बोक्नुपर्छ ।
माओवादी र एकीकृत समाजवादीको एकता प्रचण्ड र माधव नेपालको मात्रै एकता हो कि पार्टी र विचारको ? पार्टी पुनर्गठनको बहस चलाइरहेका नेताहरुलाई पाखा लगाएर किन एकता रोजे उनीहरुले ? एकीकृत पार्टीले नागरिकलाई कुनै आशा जगाउन सक्ला ?
विस्तृत भिडियोमा
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्ट्रेट अफ होर्मुजमा प्रहार भएको जहाज चालकदलले छाडे
-
इरान युद्ध: दुई सातामा करिब १०० अमेरिकी सैनिक घाइते
-
नेपाल तयारी पोसाक उद्योग संघका पदाधिकारीसँग छलफल गर्दै प्रधानमन्त्री
-
भक्तपुरमा गेस्टहाउसबाट खसेर किशोरीको मृत्यु भएको घटनाबारे प्रहरीले अनुसन्धान गर्दै
-
उच्च अदालत विराटनगरले तीन हजार ५८ मुद्दा फैसला गर्न सकेन
-
किन फरक छ दिल्लीको विद्यार्थी आन्दोलन ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण