मधेसमा तेस्रो सर्प महोत्सव हुँदै
सारांश
- यस वर्षको नेपाल सर्प महोत्सव जनकपुरधाममा कार्तिक ३० र मङ्सिर १ गते आयोजना हुने भएको छ।
- महोत्सव 'सर्पको महत्त्व बुझौँ, सहअस्तित्वलाई सम्मान गरौँ, संरक्षणमार्फत भविष्य सुरक्षित गरौँ’ भन्ने नाराका साथ मनाइनेछ।
- महोत्सवमा जीवित सर्प प्रदर्शन, चित्र प्रदर्शनी, बालचित्र प्रतियोगिता, र सर्पदंश उपचारसम्बन्धी सत्रहरू हुनेछन्।
जनकपुरधाम । मिथिला क्षेत्रको जैविक विविधता र सांस्कृतिक चेतनासँग जोडिएको नेपाल सर्प महोत्सव यो वर्ष पनि जनकपुरधाममा भव्य रूपमा आयोजना हुने भएको छ । देशको बदलिँदो राजनीतिक परिस्थितिका कारण सारिएको तेस्रो संस्करणको महोत्सव अब कार्तिक ३० र मङ्सिर १ गते धनुषाको मिथिला विहारी नगरपालिका–२ र ३ स्थित जनमुक्ति चोक नजिकै हुने आयोजकहरूले जनाएका छन् ।
मिथिला वाइल्डलाइफ ट्रष्ट र सेभ द लाइभ्सको संयुक्त आयोजनामा हुने यो दुई दिने महोत्सव ‘सर्पको महत्त्व बुझौँ, सहअस्तित्वलाई सम्मान गरौँ, संरक्षणमार्फत भविष्य सुरक्षित गरौँ’ भन्ने मूल नाराका साथ मनाइनेछ ।
आयोजक अध्यक्ष देव नारायण मण्डलका अनुसार सर्पप्रति समाजमा अझै पनि भय र अन्धविश्वास कायम छ, जसले संरक्षणमा चुनौती सिर्जना गरेको छ । उनले भने, “सर्प डस्ने मात्र होइन, वातावरणीय सन्तुलनको अभिन्न अङ्ग हो । महोत्सवले मानिस र सर्पबिचको सम्बन्धमा सकारात्मक सोच जगाउने प्रयास गर्नेछ।”
महोत्सवमा विद्यालयका विद्यार्थी, स्थानीय जनप्रतिनिधि, पशु चिकित्सक, वातावरणविद् र समुदायका अगुवाहरूको सहभागिता रहनेछ । कार्यक्रम बिहान १० बजेदेखि बेलुकी ४ बजेसम्म सञ्चालन हुनेछ ।
महोत्सवमा जीवित सर्प प्रदर्शन, सर्प संरक्षण चित्र प्रदर्शनी, बालचित्र प्रतियोगिता, सर्प बचाउने टोलीको प्रदर्शन र सर्पदंश उपचारसम्बन्धी व्यवहारिक सत्र राखिनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमतीमा वित्तीय बेथिति: टुक्रे योजनामा बजेट छरियो, अर्बौंका मेसिन गोदाममै सड्दै
-
घरायसी विवादमा श्रीमतीको हत्या
-
मदिराले मातेपछि विवाद, ढुङ्गा प्रहार गर्दा एक जनाको मृत्यु
-
‘बाध्यकारी श्रम’को आरोपमा बेलायत र क्यानडासहित ६० व्यापार साझेदारमाथि भन्सार शुल्क लगाउने ट्रम्पको चेतावनी
-
‘घरदैलोको अदालत’ले विश्वास जित्दै, दलित समुदायको पहुँच भने कमजोर
-
ट्राफिक कारबाहीमा एकैदिन २२ लाख ७६ हजार राजस्व सङ्कलन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण