चलचित्र ‘प्रतिवैरम’ को छायाङ्कन सम्पन्न
सारांश
- निर्देशक रोशन दासको चलचित्र 'प्रतिवैरम' को छायाङ्कन ४५ दिनमा सम्पन्न भएको छ।
- चलचित्रको छायाङ्कन सर्लाही र सिराहामा गरिएको थियो, जसमा सम्राट दास लगायतका कलाकारको अभिनय छ।
- चलचित्र मधेस केन्द्रित सामाजिक र राजनीतिक विषयवस्तुमा आधारित छ, र २०८३ मा प्रदर्शन हुने तयारी छ।
काठमाडौँ । निर्देशक रोशन दासको निर्देशनमा निर्माण भएको चलचित्र ‘प्रतिवैरम’ को सम्पूर्ण छायाङ्कन सम्पन्न भएको छ । मधेस केन्द्रित सामाजिक र राजनीतिक विषयवस्तुमा आधारित यस चलचित्रको सम्पूर्ण छायाङ्कन ४५ दिनमा पूरा गरिएको निर्माण पक्षले जानकारी दिएको छ।
चलचित्रको पहिलो चरणको छायाङ्कन १५ दिन सर्लाहीमा गरिएको थियो भने दोस्रो चरणको छायाङ्कन ३० दिन सिराहामा सम्पन्न गरिएको हो। चलचित्रको छायाङ्कन निर्देशक अफ फोटोग्राफी (DOP) ज्याकले गरेका हुन्। छायाङ्कन सफलतापूर्वक सम्पन्न भएको निर्माण टिमले जनाएको छ।
हाल चलचित्र पोष्ट–प्रोडक्सनको कार्य सुरु भएको छ । चलचित्रमा सम्राट दास, वीरेन्द्र कुशवाहा, आलिशा बस्तोला, सुप्रज्ञा शर्मा, गीताश्री, अशिष डीके, प्रदीप ढकाल, नारायण बिके, बिके शाह, रामेश बुढाथोकी लगायत अन्य कलाकारहरूको दमदार अभिनय रहेको छ।
चलचित्रमा सह निर्देशकका रूपमा सन्तोष मल्ल, अग्नि सुवेदी, धिरज राउत र सृजना भुजेलले काम गरेका छन् । रेज इन्टरटेनमेन्टले निर्माण गरेको चलचित्रका प्रोडक्सन म्यानेजर कमल सुनार रहेका छन् भने लाइन प्रोडक्सनको जिम्मेवारी पङ्कज महतोले सम्हालेका छन्।
निर्देशक दासका अनुसार मधेसका वास्तविक कथा, सौन्दर्य र समस्यालाई यथार्थ ढङ्गले प्रस्तुत गर्ने उद्देश्यले यो चलचित्र निर्माण गरिएको हो। चलचित्र मार्फत मधेसको वास्तविकता दर्शक सामु पुर्याउने योजना रहेको उनले बताए।
चलचित्रको कथा निर्देशक दास स्वयंको रहेको छ भने पटकथा युवराज भट्टराईले लेखेका हुन् । निर्माण पक्षका अनुसार चलचित्र २०८३ प्रदर्शनमा ल्याउने तयारी भइरहेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नदी, पहाड र मौनता : बैतडीको यात्रा
-
गैरकानुनी ढंगले जुत्ता चप्पल व्यापार नगर्न विभागको आग्रह
-
१५ वर्षदेखिको जग्गा विवाद समाधान गर्ने प्रयासमा शिक्षामन्त्री
-
किरात मन्दिरमा चोरी गर्ने ३ जना पक्राउ
-
१० दिनदेखि जारी मिटरब्याजपीडितको ‘पैदल न्याय मार्च’ स्थगित, घर फर्किन थाले पीडित
-
विश्वकप २०२६ कसरी बन्यो १० अर्ब डलरको महाआयोजना ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण