बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

नेपथ्यले नचायो पोखरेली

शनिबार, २२ कात्तिक २०८२, १४ : ०६
शनिबार, २२ कात्तिक २०८२

सारांश

  • पोखरा एभेन्जर्सको आयोजनामा नेपथ्यको कन्सर्ट पोखरा रंगशालामा सम्पन्न भयो, जसमा १० हजारभन्दा बढी दर्शकको सहभागिता थियो।
  • कन्सर्टमा नेपथ्यले आफ्ना चर्चित गीतहरू प्रस्तुत गर्यो, जसमा देशप्रेम झल्काउने गीतहरू पनि समावेश थिए।
  • कन्सर्टको टिकटको सट्टा जर्सी खरिद गर्ने व्यवस्था मिलाइएको थियो र जर्सी बिक्रीबाट उठेको रकम क्रिकेट किट वितरणमा खर्च गरिनेछ।

पोखरा । नेपाल प्रिमियर लिग (एनपिएल) को फ्रेन्चाइज टिम पोखरा एभेन्जर्सको आयोजनामा शुक्रबार पोखरामा भएको नेपथ्यको कन्सर्ट भव्य  रूपमा सम्पन्न भएको छ ।  ‘क्रिकेटका लागि नेपथ्य’ नारासहित पोखरा रङ्गशालाको फुटबल स्टेडियममा  कन्सर्ट सम्पन्न भएको हो ।

कन्सर्टमा दस हजार भन्दा बढी दर्शकको सहभागिता रहेको पोखरा एभेन्जर्सले जनाएको छ । क्रिकेटलाई संगीतसँग जोड्ने उद्देश्यसहित यो कन्सर्टको आयोजना गरिएको पोखरा एभेन्जर्सले जनाएको छ ।   

पोखरा एभेन्जर्सका अध्यक्ष सुबोध त्रिपाठीले नेपथ्यको कन्सर्ट भव्य रूपमा सम्पन्न भएको बताए । ‘सुरुमा कन्सर्ट आयोजना गर्ने सोच्दा विभिन्न चुनौती भए पनि सबैको साथ र सहयोगले कन्सर्ट सफलतापूर्वक सम्पन्न भयो । दर्शकहरूको राम्रो उपस्थिति रह्यो । यसबाट खेलकुद र सङ्गीतको राम्रो कनेक्सन समेत बनको छ ।’

कन्सर्टमा नेपथ्यले आफ्ना चर्चित गीतहरूका साथै देशप्रेम झल्काउने ‘गाउँ गाउँ बाट उठ, बस्ती बस्ती बाट उठ’, ‘रातो र चन्द्र सूर्य’ लगायतका डेढ दर्जन गीत गाएका थिए ।

साँझ ६ बजे सुरु चएको कन्सर्ट नेपथ्यले करिब साढे दुई घण्टा प्रस्तुति दिएको थियो । नेपथ्यका गायक अमृत गुरुङले ‘ओ राम राम’ गीतबाट सुरु भएको कन्सर्टमा  चर्चित गीतहरू रेसम, भेडाको उनजस्तो, पहिलो एल्बमबाट आगनै भरी, जोगले हुन्छ भेट, तालको पानी, यो जिन्दगीमा, सिरानमा फोटो छ, मै नाचे छमछमती लगायत गीत गाएका थिए ।

उनले पोखरा रंगशालासँग आफ्नो पुरानो सम्बन्ध रहेको भन्दै २०४० सालमा भएको दोस्रो राष्ट्रिय खेलकुद हेरेको स्मरण गरे । गुरुङले  कन्सर्ट आयोजना गरेकोमा पोखरा एभेन्जर्सलाई धन्यवाद दिँदै एनपीएलको दोस्रो संस्करणका लागि राम्रो प्रदर्शन गर्न सुझाव दिए ।

यस्तै दर्शकहरूले पनि निकै सव्य र भव्यताका साथ नेपथ्यको कन्सर्टमा रमाए । नेपथ्यको कन्सर्ट ऐतिहासिक भएको उनीहरूको प्रतिक्रिया थियो । कन्सर्ट हर्न पोखरा एभेन्जर्सले दर्शकका लागि जर्सी किनेर कन्सर्ट हेर्ने व्यवस्था गरेको थियो । कन्सर्टका लागि पोखराले ७ हजार जर्सी बिक्री गरेको थियो । 

जर्सी किन्ने दर्शकले टिकटको सट्टा जर्सी पाउने र कन्सर्ट पनि हेर्न पाउने व्यवस्था थियो । जर्सी बिक्रीबाट उठेको रकम गण्डकीका सामुदायिक विद्यालयमा क्रिकेट किट वितरणमा खर्च गरिने पोखरा एभेन्जर्सले जनाएको छ ।

पोखरा एभेन्जर्सका अध्यक्ष सुबोध त्रिपाठीले पोखरा एभेन्जर्स क्रिकेट टिम र नेपथ्यप्रति समर्थकहरूले अपार माया देखाएको र एकदमै उत्साहित बनाएको बताए । अब मैदानमा खेलाडीहरूले पनि उत्कृष्ट प्रदर्शन गर्ने उनको विश्वास छ ।

‘समर्थकहरूले पोखरा एभेन्जर्स र नेपथ्यप्रति देखाएको यो मायाले हामी उत्साहित भएका छौँ । क्रिकेटको विकासमा लिजेन्ड्री ब्यान्ड नेपथ्यसँग सहकार्य गर्न पाउँदा हामी खुसी छौँ’ उनले भने ।

यस्तै कन्सर्ट सुरु हुनु अगाडि क्यानका सचिव पारस खड्काले क्रिकेट युनाईट्स नेपाल नामक नयाँ लोगो एनपीएलको आठ वटै टिमको जर्सीको अगाडि समावेश गर्ने भिडियो सन्देशमार्फत घोषणा गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप