सप्तरीका भारतसँग जोडिएका नाका तीन दिन बन्द हुने
शनिबार, २२ कात्तिक २०८२, १९ : ४४
सारांश
- सप्तरीको सीमावर्ती नाका भारतको विहार राज्यमा हुने निर्वाचनका कारण बन्द गरिने भएको छ।
- जिल्ला प्रशासन कार्यालयका अनुसार, कात्तिक २३ गते राति १२ बजेदेखि कात्तिक २५ गते राति १२ बजेसम्म सीमा नाका बन्द हुनेछन्।
- भारतको मधुवनी र सुपौल जिल्लासँग जोडिएका नाकाबाट आवतजावत निषेध गरिएको छ।
राजविराज । भारतको विहार राज्यमा हुने विधान सभा आमनिर्वाचनलाई मध्यनजर गरी सप्तरीको सीमावर्ती नाका आइतबार रातिदेखि बन्द गरिने भएको छ ।
सप्तरीका प्रमुख जिल्ला अधिकारी टुबराज पोखरेलले सार्वजनिक गर्नुभएको सूचनामा भारतको विहार राज्यमा हुने विधान सभा निर्वाचनका कारण सप्तरीसँग जोडिएका सीमानाका तीन दिनसम्म बन्द गरिने निर्णय गरिएको हो ।
प्रजिअ पोखरेलका अनुसार यही कात्तिक २३ गते राति १२ बजेदेखि कात्तिक २५ गते राति १२ बजेसम्मका लागि सीमानाका बन्द गरिने छ ।
यस अवधिमा भारतको विहार राज्यअन्तर्गत मधुवनी र सुपौल जिल्लासँग जोडिएका सप्तरीका सबै नाकाबाट आवतजावत निषेध गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण