बागलुङ नगरपालिकामा सडकको कालोपत्र र ढलान सुरु
सारांश
- बागलुङ नगरपालिकाले पाँच साना सडकमा कालोपत्रे र ढलानको काम सुरु गरेको छ, जसले बजार क्षेत्रको सडक सुधार गर्नेछ।
- नगरपालिकाले १ करोड ८ लाखको लागतमा सडक मर्मत र खाल्डाखुल्डी पुर्ने काम गर्दैछ, र यो काम कात्तिक मसान्तसम्ममा सम्पन्न हुनेछ।
- बागलुङ बजारका भित्री सडकहरूमा खाल्डाखुल्डी पुर्न र भल निकासको व्यवस्था गर्न काम भइरहेको छ।
गलकोट । बागलुङ नगरपालिकाले नगरभित्रका पाँच साना सडकको कालोपत्र र ढालन गर्न थालेको छ । उक्त सडक कात्तिक भित्रै सम्पन्न गर्नेगरी कालोपत्र र ढलानको काम एक साथ सुरु गरिएको छ ।
साना तथा टुक्रे सडक जीर्ण भएपछि कुरुप बन्दै गएको बागलुङ बजारका भित्री सडक कालोपत्र गर्न थालिएको हो । नगरपालिका–४ उपल्लाचौरको आर्मी ब्यारेकदेखि रेड एप्पल होटलसम्मको सडक कालोपत्र गर्न थालेको छ भने वडा नं ६ स्थित चसेपानीमा सडक ढलान गरिरहेको छ ।
यस्तै, नगरपालिकाले बागलुङ बजारको हल्लनचोकदेखि बुद्धविहार चोकसम्मको सडक कालोपत्र, ट्राफिक कार्यालयदेखि नगरपालिकाको कार्यालयसम्मको सडक कालोपत्र र देउरालीचोकसम्मको सडक ढलान गर्ने तयारी थालिएको छ ।
यस्तै, नगरपालिकाले बागलुङ बजारका सबै खाल्डाखुल्डी पुर्नका लागि सडक कालोपत्र गर्ने कामसँगै अघि बढाएको नगरपालिकाका इञ्जिनियर सोविन घर्तीले जानकारी दिए । नगरपालिकाले रु एक करोड आठ लाख लागतमा ठेक्का सम्झौता गरी बजार क्षेत्रका खाल्डाखुल्डी मर्मत गर्ने र पाँच वटा साना सडक छुट्टाछुट्टै सडक कालोपत्र तथा ढलान गर्न थालेको हो ।
विसं २०८२ वैशाखमा लीला निर्माण सेवासँग नगरपालिकाले यही कात्तिक मसान्तभित्र कालोपत्र र ढलान सक्नेगरी सम्झौता गरिएको थियो । असारअघि नै कालोपत्रको तयारी थाले पनि वर्षाका कारण रोकिएको थियो । कालोपत्र उप्किएर बागलुङ बजारका विभिन्न सडकमा खाल्डा खुल्डी परेकाले यही ठेक्कामार्फत खाल्डाखुल्डीमा कालोपत्र गर्ने कार्य गरिनेछ ।
नगरपालिकाले बजार क्षेत्रमा बर्सेनि रु एक करोड माथिको लागतमा सडक मर्मत तथा खाल्डाखुल्डी पुर्दै आएको भए पनि नाली साँघुरो हुँदा बर्खामा सडक बिग्रने गरेको छ ।
नगरपालिकाले बागलुङ बजारमा आउने भल निकासीका लागि रातमाटादेखि नै यही वर्षमा काम गर्ने नगर प्रमुख वसन्तकुमार श्रेष्ठले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शुक्रबार यस्ताे छ विदेशी मुद्राको विनिमय दर
-
कारागारबाट फरार दुई कैदी नौ महिनापछि पक्राउ
-
उत्पादन वृद्धि र लागत कम गर्न किसानलाई कृषि सामग्री
-
वातावरणमैत्री स्रोतको उपयोगमा जोड दिन आवश्यक छ: उपराष्ट्रपति
-
वातावरण सुधारका गतिविधि प्रवर्द्धन गर्न राष्ट्रपतिको आह्वान
-
विश्व वातावरण दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण