‘सिटिजन्स क्यूआर मर्चेन्ट लोन’ योजना सार्वजनिक
सारांश
- सिटिजन्स बैंकले क्यूआर मर्चेन्टहरूका लागि डिजिटल ऋण योजना 'सिटिजन्स क्यूआर मर्चेन्ट लोन' सार्वजनिक गरेको छ।
- यस योजनाले साना तथा मझौला व्यवसायीहरूलाई क्यूआर कारोबारको आधारमा ऋण दिनेछ।
- ग्राहकहरूले मोबाइल वा अनलाइनबाटै ऋणका लागि आवेदन दिन र स्वीकृति पाउन सक्नेछन्।
काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले बैंकमा आबद्ध आफ्ना क्यूआर मर्चेन्टहरूका लागि नयाँ डिजिटल ऋण सुविधा ‘सिटिजन्स क्यूआर मर्चेन्ट लोन’ योजना सार्वजनिक गरेको छ।
यस योजनामार्फत साना तथा मझौला व्यवसायीहरूलाई उनीहरूको क्यूआर कारोबार विवरणका आधारमा सहज, छिटो र पारदर्शी रूपमा ऋण सुविधा उपलब्ध गराइनेछ। सम्पूर्ण प्रक्रिया पूर्णरूपमा डिजिटल रहने भएकाले ग्राहकहरूले बैंक शाखामा उपस्थित नभई मोबाइल वा अनलाइन माध्यमबाटै ऋणको लागि आवेदन दिन र स्वीकृति प्राप्त गर्न सक्नेछन्।
यो डिजिटल ऋण सुविधा प्राप्त गर्न व्यवसाय कम्तीमा ६ महिना सिटिजन्स बैंकको क्यूआर मर्चेन्ट भएको हुनुपर्नेछ। योग्य ग्राहकहरूले ६ महिनाको औसत मासिक क्यूआर कारोबार रकमको अधिकतम २५ प्रतिशतसम्म ऋण सुविधा प्राप्त गर्न सक्नेछन्।
यस अन्तर्गत न्यूनतम रु. ५०,००० देखि अधिकतम रु. ५,००,००० सम्म ऋण लिन सकिनेछ। ऋण भुक्तानी मासिक किस्तामार्फत गर्नुपर्नेछ।
प्रमुख कर्जा अधिकृत तथा सहायक प्रमुख कार्यकारी अधिकृत सुमन मुलेपातिले यो योजना कर्जालाई ग्राहक र बैंकसँग सहजरूपमा जोड्ने एउटा कोशेढुङ्गा भएको बताएका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेप्सेमा झण्डै २० अङ्कको गिरावट, फेरि २६ सय नजिक आइपुग्यो बजार
-
एमालेको नेतृत्व परिवर्तन हुनुपर्ने पक्षमा ८७.६ प्रतिशत मत (मत सर्वेक्षण नतिजा)
-
आत्मदाह प्रयास गर्ने पुरुष पठाओ चालक, महानगर प्रहरीले गरेको थियो मोटरसाइकलमा ‘ह्वील लक’
-
आफ्नै शरीरमा आगो लगाउने पुरुषको पहिचान खुल्यो
-
विश्वकपमा ब्राजिलको बिजोग : एन्चेलोटीको रणनीतिमा कहाँ भयो गल्ती?
-
कैदीबन्दीको अवस्थासम्बन्धी अध्ययन गर्न गठित संसदीय उपसमितिको कार्यअवधि थप
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण