हत्याको दोषीलाई कारबाहीको माग गर्दै अदालतअगाडि प्रदर्शन
रौतहट । फतुवा बिजयपुर नगरपालिका–२, सितलपुरका शंकर साह बनियाको हत्याकाण्डका दोषीलाई कारबाहीको माग गर्दै स्थानीयवासीले आज रौतहटको सदरमुकाम गौरमा विरोध प्रदर्शन गरेका छन् ।
’न्याय देऊ, दोषीलाई कारबाही गर!’ भन्दै सडकमा उत्रिएका प्रदर्शनकारीहरूले हातमा प्लेकार्ड बोकेर गौर बजारका मुख्य सडकमा नारा जुलुस गरे। घटना भएको लामो समय बितिसक्दा पनि प्रहरी प्रशासनले ठोस कदम नचालेको र राज्यका संयन्त्रहरूले गम्भीरता नदेखाएको पीडित परिवार तथा स्थानीयवासीको आरोप छ ।
पीडित पक्षले २१औँ शताब्दीको लोकतान्त्रिक शासनमा न्याय माग्न सडकमा आउनु दुःखद् अवस्था भएको भन्दै हत्यामा संलग्न व्यक्तिहरूमाथि कडा कारबाही गर्न, निष्पक्ष छानबिन समिति गठन गर्न र घटनाको वास्तविकता सार्वजनिक गर्न सरकारलाई आग्रह गरे ।
प्रदर्शनकारीहरूले जिल्ला अदालत रौतहटको अगाडि धर्ना जारी राखेका छन् । प्रहरीले आर्थिक प्रलोभनमा परेर दोषीलाई बचाउने प्रतिवेदन पठाएको आरोप पीडित पक्षले लगाएका छन् ।
इलाका प्रहरी कार्यालय विजयपुरका प्रमुख इन्स्पेक्टर सुरेन्द्र यादवले भने कानुनअनुसार प्रतिवेदन पठाएको दाबी गर्दै आरोपको खण्डन गरेका छन् ।
पीडित परिवारले चाँडो कदम नचालिए न्यायका लागि अझ ठुलो आन्दोलन गर्ने चेतावनी दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वीर अस्पतालमा एक महिनादेखि सिटी स्क्यान सेवा बन्द, बिरामी निजी अस्पताल धाउन बाध्य
-
चौरजहारी–मुसिकोट सडक १५ दिनका लागि बन्द हुने
-
रसुवागढी नाकाबाट ४० अर्बभन्दा बढीको आयात
-
पहिलो ‘ड्रिम प्रोजेक्ट’ मा भएको ढिलाइ र लागत १८ अर्ब पुग्दा संसदीय समितिमा उठ्यो प्रश्न
-
दीपक भट्ट र शुलभ अग्रवालमाथि म्याद थपियो
-
फिलिपिन्स भूकम्प : ३१ जनाको मृत्यु, दर्जनौँ अझै बेपत्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण