काठमाडौँ । एएफसी एसियन कप छनोट र एक मैत्रीपूर्ण खेलका लागि छनोट भएको टोलीले आफ्नो प्रशिक्षण र तयारी सुरु गरेको छ । गोलकिपर किरण चेम्जोङको कप्तानीमा नेपाली राष्ट्रिय फुटबल टोलीको घोषणा भएसँगै तयारी पनि सुरु भएको हो ।
_DTLbHvtQxW.jpg)
मुख्य प्रशिक्षकको रूपमा नियुक्त भएपछि हरि खड्काले मलेसियासँगको एसियन कप छनोट र बंगलादेशसँगको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलका लागि २३ सदस्यीय नेपाली टोली घोषणा गरेका थिए । नेपालका लागि सर्वाधिक अन्तर्राष्ट्रिय गोलकर्तासमेत रहेका खड्काले पहिलोपल्ट पुरुष राष्ट्रिय टोलीको जिम्मेवारी समालेका हुन्। उनै हरिले एक जना नयाँ खेलाडीलाई अवसर दिँदा अधिकांश पुरानै अनुहार निरन्तरता दिएका छन् ।
_bQcR3aZfu6.jpg)
निवर्तमान मुख्य प्रशिक्षक म्याट रसले गत कात्तिक १३ गते नै नेपाली टोलीको मुख्य प्रशिक्षकबाट राजीनामा दिएका थिए। त्यससँगै अखिल नेपाल फुटबल संघ (एन्फा) ले पूर्वराष्ट्रिय खेलाडी हरि खड्कालाई उक्त जिम्मेवारी सुम्पिएको थियो । तीन दिनको प्रारम्भिक खुला छनोटपछि उनले १२ खेलाडीलाई बाहिर राख्दै अन्तिम टोली तयार पारेका हुन् ।
आगामी नोभेम्बर १३ तारिखमा नेपालले बंगलादेशसँग मैत्रीपूर्ण खेल खेल्ने तालिका छ। त्यसको पाँच दिनपछि नेपालले छनोट प्रतियोगितामा मलेसियासँग खेल्नेछ। एसियन कपमा छनोट हुने समीकरणबाट बाहिरिइसकेको नेपालले एसियन कप छनोटमा दुई खेल खेल्न बाँकी छ। पछिल्ला चार खेलमा नेपालले सबैमा हार बेहोरेको थियो।
_yAneTM3fkc.jpg)
_rwfYEcsLos.jpg)
_UJnK0Eg8Ue.jpg)
_t73SQYOw8f.jpg)
_OWg5doxKgT.jpg)
_RlTHXnTQnk.jpg)
_QCkFvlLnZV.jpg)
_IPnW8XA1h0.jpg)
_DQyBqDo4DX.jpg)
_hWIGqot3Ts.jpg)
_zIDaQbkpJY.jpg)
_hkrZgb0uK5.jpg)
_6JSXyeFEfH.jpg)
_H1tDDFXlnC.jpg)
_zkIvj8WIXE.jpg)
_3XYP1JhOKF.jpg)
_rygvw8IjDH.jpg)
_sfi0gUqu3o.jpg)
_Pxw7kpx9U5.jpg)
प्रतिक्रिया