पूर्वऊर्जा सचिव अनुपकुमार उपाध्यायको संयोजकत्वमा कुलमानको पार्टी
सारांश
- कुलमान घिसिङको नेतृत्वमा 'नेपाल जनसेवा पार्टी' बनाउने तयारी अन्तिम चरणमा पुगेको छ।
- पार्टीको चुनाव चिन्ह बिजुलीको बल्ब (चिम) र डा. अनुपकुमार उपाध्यायको नेतृत्वमा पार्टी दर्ता गर्ने तयारी छ।
- काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) को समर्थन रहने र सुमना श्रेष्ठको संलग्नता अनिश्चित छ।
काठमाडौँ । अन्तरिम सरकारको तीन महत्वपूर्ण मन्त्रालयको नेतृत्व गरिरहेका कुलमान घिसिङ पार्टी निर्माणको अन्तिम चरणमा पुगेका छन् ।
स्रोतका अनुसार आइतबार रातिसम्म भएको छलफल अनुसार पार्टीको नाम ‘नेपाल जनसेवा पार्टी’ राख्नेबारे मोटामोटी सहमति भइसकेको छ । त्यस्तै,पार्टीको चुनाव चिन्ह भने बिजुलीको बल्ब (चिम) लिने तयारी रहेको छ ।
आज नै निर्वाचन आयोगमा नयाँ पार्टी दर्ताका लागि निवेदन दिने तयारी रहेको स्रोतले जनाएको छ । स्रोतले भन्यो, ‘बेलुकासम्म पार्टीको नाम, चुनाव चिन्ह लगायतका विषयमा सहमति जुटाउनको लागि छलफल भयो । सबै विषयमा सहमति भएको छैन । पार्टी दर्ता गर्न जानुअघि छलफल गरी आयोग जाने तयारी छ ।’
पार्टीको नाम ‘नेपाल जनसेवा पार्टी’ राख्ने सहमति भए पनि कसको नेतृत्वमा जाने भन्ने यकिन नभएको स्रोतको भनाई छ । ‘सरकारको तीन महत्वपूर्ण मन्त्रालयको नेतृत्व गरेकाले पार्टी अध्यक्षमा कुलमान घिसिङ नबस्ने भन्ने विषयमा छलफल भइरहेको छ,’ स्रोतले भन्यो, ‘कुलमानको नेतृत्वमा नभए पूर्वऊर्जा सचिव डा. अनुपकुमार उपाध्यायको नेतृत्वमा पार्टी दर्ता गर्ने तयारी छ । यस विषयमा आजै टुंगो लाग्नेछ।’
उपाध्ययको नेतृत्वमा पार्टी दर्ता गरेर कुलमानलाई प्रधानमन्त्रीका रूपमा अघि सार्ने तयारी गरेको बताइएको छ । पार्टीले ‘एक व्यक्ति एक पद’को नीति लिने तयारी रहेको छ ।
स्रोतका अनुसार उक्त पार्टीमा काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) को पनि समर्थन रहने दाबी गरिएको छ। त्यस्तै, पूर्वरास्वपा नेतृ सुमना श्रेष्ठ भने जोडिने कि नजोडिने भन्ने निश्चित नभएको कुलमान निकट स्रोतले जानकारी दिए । उनले भने, ‘आइतबार बेलुकाको वार्तापछि यसबारे भने निर्णय हुन सकेन । सुमनाजी आउने सम्भावना छ तर यकिन भएको छैन ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कुशलको कीर्तिमानी ब्याटिङमा नेपालको विशाल स्कोर
-
सरकार सुशासन र द्रुत आर्थिक विकासको काममा प्रतिबद्ध छ : परराष्ट्रमन्त्री खनाल
-
केन्द्रीय कारागारका कैदीलाई सामाखुसीको होटलमा लगेर मासु र बियर
-
कपिलवस्तुमा सर्पको टोकाइबाट एक युवतीको मृत्यु
-
सर्वोच्चको फैसला कार्यान्वयन गर्न केले रोक्यो ?
-
गौतमबुद्ध क्रिकेट रङ्गशालाको काम पुनः सुरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण