एन्फासँग वार्ता गर्न पुगे खेलाडी, प्रत्यक्ष प्रशारण गर्नुपर्ने अडान
सोमबार, २४ कात्तिक २०८२, १३ : ४८
सारांश
- एन्फा र ए डिभिजन क्लबबीच राष्ट्रिय लिग गर्ने सहमति भएपछि खेलाडीहरूले विरोध जनाएका छन्।
- खेलाडी संघका अध्यक्ष विक्रम लामासहितको टोली एन्फासँग वार्ताका लागि एन्फा कम्प्लेक्स पुगेको छ।
- खेलाडीहरूले वार्ताको प्रत्यक्ष प्रसारण हुनुपर्ने माग राखेका छन्, अन्यथा वार्तामा बस्न अस्वीकार गरेका छन्।
काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा) र ए डिभिजन क्लबहरूबीच यो वर्ष ए डिभिजन लिग नगरी राष्ट्रिय लिग मात्र गर्ने सहमति भएपछि विरोधमा उत्रिएका खेलाडीलाई एन्फाले वार्ताको लागि बोलाएको छ ।
एन्फासँगको वार्ताका लागि नेपाल फुटबल खेलाडी संघका अध्यक्ष विक्रम लामासहितको टोली सातदोबाटो स्थित एन्फा कम्प्लेक्स पुगेको छ।
तर उनीहरूले वार्ताको प्रत्यक्ष प्रसारण गर्नुपर्ने नभए वार्तामै नबस्ने अडान राखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
केपी ओलीलाई आफ्नोभन्दा बढी कांग्रेसको चिन्ता !
-
अभिनेत्री दीपाश्री निरौला डिस्चार्ज
-
प्रधान न्यायाधीश शर्मा भारत प्रस्थान
-
वैदेशिक व्यापारमा नयाँ रेकर्ड, तर व्यापार घाटा झण्डै १८ खर्ब
-
राजेश हमालकाे प्रश्न : देशको शासन प्रणाली ‘हिट एन्ड मिस’ को भरमा सञ्चालन गर्नु कत्तिको बुद्धिमानी हो ?
-
चालु आव ‘कानुन निर्माण तथा सुधार वर्ष’ घोषणा, उच्चस्तरीय समिति गठन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण