गायन र नृत्य विधामा ‘कास्की आइडल’ छानिने
सोमबार, २४ कात्तिक २०८२, १४ : २०
सारांश
- कास्की आइडल गायन र नृत्य विधामा छानिने भएको छ, जसको पहिलो अडिसन सम्पन्न भयो।
- पोखरा-२७, तालचोकमा भएको अडिसनबाट गायनतर्फ २० र नृत्यतर्फ १५ जना दोस्रो चरणका लागि छनोट भए।
- प्रतियोगिताका निर्णायकहरूमा गायनतर्फ खेम लामा, कृष्णमाया तिवारी र नृत्यतर्फ उपेन्द्र गुरुङ र समृद्धि पाण्डे छन्।
काठमाडौँ । गायन र नृत्य विधामा ‘कास्की आइडल’ छानिने भएको छ । रूपा वाङ्मय प्रतिष्ठान र गीतकार प्रतिष्ठानद्वारा आयोजित प्रतियोगिताको पहिलो अडिसन सम्पन्न भएको छ ।
पोखरा–२७, तालचोकमा भएको अडिसनबाट गायनतर्फ २० र नृत्यतर्फ १५ जना दोस्रो चरणका लागि छनोट भएका छन् ।
छनोट भएका प्रतिभाहरूको प्रतिस्पर्धा क्रमशः गराउँदै फाइनल चरणमा टप ५ छनोट गरिने आयोजक रूपा वाङ्मय प्रतिष्ठानका अध्यक्ष आदर्श पोखरेलले जानकारी दिए । प्रतियोगिताका निर्णायकहरूमा गायनतर्फ खेम लामा, कृष्णमाया तिवारी र नृत्यतर्फ उपेन्द्र गुरुङ र समृद्धि पाण्डे छन् ।
गायन र नृत्यका प्रतिभा खोज्ने उद्देश्यले दुई संस्था मिलेर कार्यक्रम आयोजना गरिएको रूपा वाङ्मय प्रतिष्ठानका अध्यक्ष आदर्श पोखरेलले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वमन्त्री अर्याल भन्छन्, ‘लोकतन्त्रमा पदसोपान होइन, कार्यक्षमता र सिर्जनशीलता महत्त्वपूर्ण हुन्छ’
-
जेलेन्स्कीले गरे पुटिनलाई प्रत्यक्ष वार्ताको प्रस्ताव
-
न्यायाधीशको सम्पत्ति छानबिनले न्यायपालिकाको स्वतन्त्रता भत्किने पूर्वप्रधानन्यायाधीश पराजुलीको चेतावनी
-
आर्थिक विधेयकमा संसदीय नियम र अभ्यासविपरीत अर्थमन्त्री वाग्लेको बलमिच्याइ
-
चिनियाँ राष्ट्रपति सी उत्तर कोरिया भ्रमणमा जाँदै
-
‘राजनीतिक हस्तक्षेप नरोके एक दशकमै मरुभूमि बन्छ तराई’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण