‘घरायसी तथा सेवामूलक कार्यलाई अर्थतन्त्रसँग जोड्नुपर्छ’
काठमाडौँ । घरायसी तथा सेवामूलक कार्यको आर्थिक पाटोलाई हिसाब गरेर समाजमा यसको महत्त्वलाई औपचारिक रूपमै उजागर गर्नुपर्ने विज्ञहरूले धारणा राखेका छन् ।
नेपाल मावअधिकार चलचित्र केन्द्रले सोमबार बानेश्वरमा गरेको एक कार्यक्रममा ‘घरायसी काम तथा सेवामूलक अर्थतन्त्र’ विषयक अन्तक्र्रियामा उनीहरूले सेवा अर्थतन्त्र फैलिँदै गएकाले विकसित देशहरूझैँ महिला र पुरुषको समान सहभागिताले मात्र यो सम्भव हुने तर्क गरे ।
एनजीओ फेडेरेसनका अध्यक्ष अर्जुन भट्टराईले नेपालमा अहिलेको अवस्थामा सेवामूलक र घरायसी काममा महिलाहरू नै धेरै खटिने गरेका बताए । महिला र पुरुष दुवैले घरायसी तथा सेवामूलक काममा उत्तिकै ध्यान दिनुपर्ने खाँचो उनले औँल्याए । ‘विदेशमा केयर अर्थतन्त्र एउटा पेसा नै बनिसकेको छ । हाम्रोमा पनि पेसागत रुपमा अघि बढ्ने अवस्था आउँदै छ,’ उनले भने, ‘काठमाडौँ वा विदेश बस्ने छोराछोरीका बाबुआमालाई यहाँ हेरचाह गर्न कर्मचारी भइसक्यो, राज्यले पनि यसलाई नीति बनाएर समेट्नुपर्यो,’ उनले भने ।
अर्थविद् डा. विकल श्रेष्ठले घरायसी तथा सेवामूलक कार्यको योगदानको हिसाब अहिलेसम्म नभएको बताए । ‘जबसम्म कुनै पनि मुद्दा देशको अर्थतन्त्रसँग जोडिँदैन, तबसम्म त्यसले प्राथमिकता पाउन गाह्रो हुन्छ,’ उनले भने, ‘आजको अवस्थामा प्रत्यक्ष रूपमा हेर्ने हो भने हाम्रो अर्थतन्त्रमा यसको योगदान शून्यबराबर छ । किनकि यसबारे अध्ययन नै भएको छैन र घरायसी कामलाई व्यवसायमा जोड्न पनि सकिँदैन ।’
त्यस्तै अर्की वक्ता ऋतु भट्टले भनिन्, ‘हामीले घरायसी कामलाई अर्थतन्त्रसँग जोडेर मात्रै हेर्न पनि मिल्दैन । वा तथ्यांकमा मात्रै हेरेर हुँदैन । हाम्रो पूर्वीय दर्शनले भावना र अध्यात्ममा जोड दिन्छ । र, भावनात्मक रुपमा घरायसी तथा सेवामूलक कामको योगदान ठुलो छ ।’
घरमा गरिने स–साना कामले हाम्रो जीवनलाई आकार दिन निकै महत्त्वपूर्ण भूमिका खेल्ने उनले बताइन् । यसको महत्त्व पहिले हामी आफैंले बुझ्नुर्ने र अरुलाई पनि गराउनुपर्ने उनको भनाइ थियो । कार्यक्रममा मानवअधिकार चलचित्र केन्द्रका पूर्वअध्यक्ष विष्णु खत्रीले महिलाले औसतमा प्रतिसाता २९ घण्टा र पुरुषले ५ घण्टामात्रै घरायसी काममा बिताउने गरेको पाइएको बताए । ‘यसले महिलाहरूको महत्त्व उजागर गर्छ,’ उनले भने, ‘तर हामीेले यसबारे अझै विस्तृत अध्ययन गर्न जरुरी छ ।’ पुरुषहरूले पनि घरायसी काममा आफ्नो संलग्नतालाई बढाउनुपर्नेमा उनले जोड दिए ।
वैश्विक अर्थतन्त्रमा सेवामूलक कार्यको हिस्सा ठूलो रहेको भन्दै नेपालमा पनि अर्थतन्त्रमा यसको प्रभाव बढ्दै जाने प्रक्षेपण उनले गरे । ‘आज हामीसँग युवा छन् । तर अबको १५–२० वर्षमा ज्येष्ठ नागरिकको संख्या धेरै हुनेछ । त्यतिबेला उनीहरूको सेवा गर्न ठुलो संख्यामा कर्मचारी चाहिनेछ । त्यहीकारण हामीले सेवामूलक अर्थतन्त्रबारे बहस र छलफल गर्न जरुरी छ,’ उनले भने ।
भान्छा, सरसफाइ, बालबालिका, ज्येष्ठ नागरिक, बिरामी, पाहुना सत्कार, गाईवस्तु रेखदेख, कृषि, चाडपर्व, पूजापाठ, सामाजिक कार्यलगायतलाई सेवामूलक अर्थतन्त्र हुन् । यसलाई आर्थिक पाटोसँग जोडेर यसको महत्त्व उजागर गर्नुपर्नेमा सहभागीहरूले जोड दिएका थिए ।

त्यस्तै घरायसी सेवामूलक कामलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराउनुपर्नेमा पनि सहभागीहरू एकमत भएका थिए । केयर इकोनोमीलाई राज्यले बेलैमा सम्बोधन गर्न नसके भविष्यमा यसले विकराल रूप लिन सक्ने उनीहरूको चेतावनी थियो । उनीहरूलाई सीपसँगै र उद्यममा लगाउन सके देशले ठुलो आर्थिक क्रान्ति गर्ने र केयर इकोनोमीलाई जागिरको रूपमा परिवर्तन गर्नुपर्नेमा वक्ताहरूले जोड दिए ।
यसका लागि दबाब सिर्जना नै गनुपर्ने उनीहरूको भनाइ थियो ।
त्यस्तै केयर इकोनोमीलाई जीडीपी जोड्नुपर्ने र अदृश्य श्रमलाई देखिने बनाउन आन्दोलन र अभियानकै रूपमा लैजानुपर्ने उनीहरूले सुझाए ।
क्यानेडियन हाई कमिसन, सीएअफएलआई परियोजनाको सहकार्यमा मानवअधिकार चलचित्र केन्द्र र उन्नति, काठमाडौँ, नेपालको संयुक्त आयोजनामा भएको कार्यक्रममा उद्योग वाणिज्य महासंघकी संयुक्ता भण्डारी, पौरखी नेपालकी मञ्जु गुरुङ, सुरक्षित आप्रवासनका लागि राष्ट्रिय सञ्जालका अशोक राना लगायतले आआफ्नो धारणा राखेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फिफा विश्वकप २०२६: नकआउटमा पुग्ने र बाहिरिने टोलीहरू को–को हुन्?
-
नेपालमा भू–राजनीतिक तानातानी बढ्यो : वर्षमान पुन
-
प्रधानमन्त्री बालेनलाई मेयर रिनाको आग्रह : मौलापुर नगरपालिकालाई काम गर्न दिनुस्
-
के हामी स्ट्याटसबाट शासित हुन अभिशप्त छौँ?
-
थप वार्ताका लागि पहल गर्न पाकिस्तानी गृहमन्त्री तेहरानमा
-
चुरे बस्तीमा बाघ आतङ्क
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण