प्रत्यक्ष प्रसारण नहुने भएपछि खेलाडी संघ एन्फासँग वार्तामा बसेन
सोमबार, २४ कात्तिक २०८२, १४ : ५४
काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा) र ए डिभिजन क्लबहरूबिच हुने भनिएको वार्ता स्थगित भएको छ ।
'ए' डिभिजन लिग नगरी राष्ट्रिय लिग मात्र गर्ने सहमति भएपछि विरोधमा उत्रिएका खेलाडीलाई एन्फाले हिजो आइतबार वार्ताका लागि बोलाएको थियो । एन्फासँगको वार्ताका लागि नेपाल फुटबल खेलाडी संघका अध्यक्ष विक्रम लामासहितको टोली सातदोबाटो स्थित एन्फा कम्प्लेक्स पुगेका थिए ।
त्यस क्रममा खेलाडी संघले वार्ताको प्रत्यक्ष प्रसार हुनुपर्ने माग गरेका थिए । तर एन्फाले प्रसारण गर्न नसकिने बताएपछि वार्ता नहुने भएको खेलाडी संघका अध्यक्ष लामाले रातोपाटीलाई बताए । संघले वार्ताको प्रत्यक्ष प्रसारण नभएसम्म वार्तामै नबस्ने अडान राखेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रियल म्याड्रिडका लागि जब एमबाप्पेले माइकल ओलिसेलाई फकाए
-
विद्युत् निर्यात ६८ प्रतिशतले बढ्दा आयात खर्चमा भारी कटौती, १८ अर्ब ७६ करोडभन्दा बढी खुद व्यापार बचत
-
बागमतीमा गत आर्थिक वर्षमा ४४ सडक पुल निर्माण
-
इरानका आक्रमण थप आक्रामक, दबाबमा अमेरिका
-
लक्ष्यको आधा पनि उठेन लुम्बिनी प्रदेशको आन्तरिक राजस्व
-
झापा अदालतद्वारा ६० प्रतिशत मुद्दा फछ्र्योट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण