अपडेट
सेयर बजारमा सामान्य गिरावट, साढे ४ अर्बको कारोबार
सोमबार, २४ कात्तिक २०८२, १५ : ३७
काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज परिसूचक ४.१५ अङ्कले घटेको छ । साताको दोस्रो दिन सोमबार बजार परिसूचक २५६१.९४ अङ्कमा झरेको हो । बजारमा आज ४ अर्ब ५१ करोडको कारोबार भएको छ ।
बजारमा आज ९१ कम्पनीको मूल्य बढेको छ । १५१ कम्पनीको मूल्य घटेको छ भने ११ कम्पनीको मूल्य स्थिर रहेको छ ।
आज बजारमा १३ समूहका सूचकमध्ये ३ समूहको मूल्य बढ्दा १० समूहको सूचक घटेको छ । होटल तथा टुरिजम क्षेत्रमा सबैभन्दा धेरै १.६४ प्रतिशत वृद्धि भएको छ ।
आज बजारमा ६ कम्पनीको मूल्य ९ प्रतिशत भन्दा धेरैले बढेको छ । उन्नति सहकार्य लघुवित्तको मूल्यमा नकारात्मक सर्किट लागेको छ ।
आज बजारमा एनआरएन इन्फास्ट्रक्चरको सर्वाधिक ४८ करोडको कारोबार भयो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संयुक्त राष्ट्रसङ्घ नेतृत्व चयनकाे दौडमा, उम्मेदवारबिच बहस हुँदै
-
डा. गोविन्द केसीलाई अनसन स्थगित गर्न सुदूरपश्चिमेलीको आग्रह
-
रास्वपा सभापति रवि चीन भ्रमणमा जाँदै
-
देशका विभिन्न ६ वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा
-
बीमा र धितोपत्र सम्बन्धी कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ
-
त्रिविसहित अन्य विश्वविद्यालयमा प्रोफेसर एक्सचेन्ज प्रोग्राम ल्याउन पहल थालेको छु : शिक्षामन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण