भारतको अनुदान सहयोगमा ११ नयाँ विकास परियोजनाका लागि सम्झौतामा हस्ताक्षर
काठमाडौँ । भारत सरकारको अनुदान सहयोगमा नेपालमा शिक्षा, स्वास्थ्य र फोहर व्यवस्थापनका क्षेत्रमा कार्यान्वयन हुने ११ वटा उच्च प्रभाव समुदाय विकास परियोजनाका लागि आज सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।
सम्झौतापत्रमा यहाँ स्थित भारतीय दूतावास, नेपाल सरकारको सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र नेपाल सरकारका परियोजना कार्यान्वयन निकायहरूले हस्ताक्षर गरेका हुन् ।
उक्त परियोजनाहरू करिब रु एक अर्ब १६ करोड लागतमा कार्यान्वयन हुने दूतावासले जनाएको छ ।भारत सरकारले सन् २००३ देखि नेपालमा हालसम्म ५९० वटा उच्च प्रभाव समुदाय विकास परियोजनाहरू सञ्चालन गरेको छ ।
तीमध्ये ५०२ परियोजनाहरू शिक्षा, स्वास्थ्य, खानेपानी, सरसफाइ, सम्पर्क मार्ग र सार्वजनिक उपयोगिता क्षेत्रमा पूरा भइसकेका छन् भने बाँकी परियोजनाहरू विभिन्न चरणमा कार्यान्वयन भइरहेका छन् । यी सबै परियोजनाहरू नेपालका सातै प्रदेशमा रहेका छन् ।
छिमेकी मुलुकका रूपमा भारत र नेपालबिच दीर्घकालीन, बहुआयामिक र बहुक्षेत्रीय सहकार्य रहँदै आएको छ ।
भारत सरकारद्वारा समर्थित यी परियोजनाहरूले नेपालमा जनशक्तिकरणका साथै प्राथमिकता प्राप्त क्षेत्रमा पूर्वाधार विकासमा टेवा पुर्याउने विश्वास लिइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेप्सेमा झण्डै २० अङ्कको गिरावट, फेरि २६ सय नजिक आइपुग्यो बजार
-
एमालेको नेतृत्व परिवर्तन हुनुपर्ने पक्षमा ८७.६ प्रतिशत मत (मत सर्वेक्षण नतिजा)
-
आत्मदाह प्रयास गर्ने पुरुष पठाओ चालक, महानगर प्रहरीले गरेको थियो मोटरसाइकलमा ‘ह्वील लक’
-
आफ्नै शरीरमा आगो लगाउने पुरुषको पहिचान खुल्यो
-
विश्वकपमा ब्राजिलको बिजोग : एन्चेलोटीको रणनीतिमा कहाँ भयो गल्ती?
-
कैदीबन्दीको अवस्थासम्बन्धी अध्ययन गर्न गठित संसदीय उपसमितिको कार्यअवधि थप
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण