बारपाक–लाप्राक सडकखण्डमा बुधबारसम्म सवारी आवागमन बन्द
सारांश
- गोरखाको बारपाक-लाप्राक सडकखण्ड स्तरोन्नतिका लागि दुई दिन सवारी आवागमन बन्द गरिएको छ।
- सडक निर्माणका लागि 'व्याक कटिङ' र अन्य संरचना बनाउन लागिएको छ, वडाध्यक्षले जानकारी दिए।
- बारपाक र लाप्राक सडक समयमै नसकिँदा यात्रुहरूले सास्ती खेप्नुपरेको छ।
गोरखा । गोरखाको बारपाक–लाप्राक सडकखण्ड स्तरोन्नतिका लागि आजदेखि सवारी आवागमन बन्द गरिएको छ । बारपाक सुलिकोट गाउँपालिकाको–१ बारपाक र धार्चे गाउँपालिका–४ लाप्राक जोड्ने सडक स्तरोन्नतिका लागि मंगलबार र बुधबार दुई दिन यातायात सञ्चालनमा रोक लगाइएको हो ।
निर्माणाधीन सडकखण्डमा यातायात बन्द गरेर सडक निर्माण गर्न लागिएको धार्चे गाउँपालिका–४ का वडाध्यक्ष किसान गुरुङले जानकारी दिए । उनले भने, “दुई दिनसम्म पूर्ण रूपमा सवारीसाधनको आवागमन बन्द गरेर निर्माण कम्पनीले ‘व्याक कटिङ’ तथा अन्य संरचना निर्माण गर्न लागेको छ ।”
शर्मा/विक्की जेभी निर्माण कम्पनीमार्फत सो सडक निर्माणको काम भइरहेको छ । तोकिएको अवधिमा बारपाक–लाप्राक सडक हुँदै सञ्चालन हुँदै आएका सवारीसाधनलाई वैकल्पिक बाटो प्रयोग गर्न आग्रह गरेको अध्यक्ष गुरुङले बताए ।
गोरखाको पर्यटकीय गन्तव्यका रूपमा रहेको बारपाक र लाप्राक सडकखण्ड समयमा निर्माण सम्पन्न नहुँदा यात्रीहरूले सास्ती खेप्दै आउनुपरेको छ । सडक स्तरोन्नतिमा ढिलाइ भएकाले हरेक वर्ष बर्खाका बेला उक्त सडकखण्ड महिनौँसम्म अवरुद्ध हुने गरेको छ ।
विसं २०७७ जेठमा ठेक्का सम्झौता गरी २०७९ जेठसम्ममा निर्माण सम्पन्न भइसक्नुपर्ने भए पनि सडक स्तरोन्नतिको काम अझैसम्म सम्पन्न हुनसकेको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सेमिफाइनल यात्राका लागि आज साबिक विजेता अर्जेन्टिना र स्विट्जरल्यान्ड भिड्दै
-
देशभर मनसुनी वायुको प्रभाव, यी तीन प्रदेशमा अति भारी वर्षाको सम्भावना
-
करियरदेखि प्रेमसम्म: हेर्नुहोस् तपाईंको साप्ताहिक राशिफल
-
विश्वकपमा ‘डार्क हर्स’ नर्वेको जादुमयी यात्रा समाप्त
-
जुड बेलिङ्घमको दोहोरो गोलमा इङ्गल्याण्ड सेमिफाइनलमा, नर्वे २–१ ले पराजित
-
अतिरिक्त समयको पहिलो हाफ समाप्त: जुड बेलिङ्घमको गोलसँगै इङ्गल्याण्ड २–१ ले अगाडि
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण