निगमको महाप्रबन्धक नियुक्ति प्रक्रियामा भएको प्रगतिबारे प्रधानमन्त्रीको चासो
सारांश
- प्रधानमन्त्री सुशीला कार्कीले नेपाल वायु सेवा निगमको महाप्रबन्धक नियुक्तिबारे चासो व्यक्त गरिन्।
- उनले मन्त्रालयका सचिव हरि मैनालीलाई प्रगति विवरण पेश गर्न निर्देशन दिइन्।
- खुला प्रतिस्पर्धाबाट महाप्रबन्धक नियुक्तिका लागि दरखास्त आह्वान गर्न प्रधानमन्त्रीको निर्देशन छ।
काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले नेपाल वायु सेवा निगममा खुला प्रतिस्पर्धाबाट महाप्रबन्धक नियुक्त गर्ने प्रक्रियामा भएको प्रगतिबारे चासो व्यक्त गरेकी छन् ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रीका हैसियतले उनले मंगलबार मन्त्रालयका सचिव हरि मैनालीलाई आफ्नो कार्यकक्षमा बोलाएर प्रगति विवरण माग गरेकी हुन् ।
निगममा महाप्रबन्धक खुला प्रतिस्पर्धाबाट नियुक्त गर्न प्रधानमन्त्री कार्कीले सचिव मैनालीकै संयोजकत्वमा गत कात्तिक १४ गते छनोट समिति गठन गरेकी थिइन्। उक्त समितिमा क्याप्टेन केबी लिम्बू विज्ञ सदस्य र मन्त्रालयकै योजना तथा प्रशासन महाशाखा प्रमुख रहने सहसचिव सदस्यसचिव छन्।
सचिव मैनालीले यसबीचमा कार्यविधिको काम गरेको र केही समय बाहिर पनि जानुपरेको बताए। उनले आजै समितिको पहिलो बैठक बस्ने जानकारी गराएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
प्रधानमन्त्री कार्कीले ढिलो नगरी खुला प्रतिस्पर्धाका लागि दरखास्त आह्वानको सूचना प्रकाशित गर्न निर्देशन दिएकी छन् ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण