आइतबार, ३१ जेठ २०८३
ताजा लोकप्रिय

आफ्नो बायोपिकमा सलमान खानलाई किन हेर्न चाहन्छन् धर्मेन्द्र ?

मङ्गलबार, २५ कात्तिक २०८२, १५ : ५४
मङ्गलबार, २५ कात्तिक २०८२

काठमाडौँ । पछिल्लो समय बलिउडका दिग्गज अभिनेता धर्मेन्द्रबारे अनेकौँ खबर आइरहेको छ । 

भारतीय रक्षामन्त्री राजनाथ सिंह र गीतकार जावेद अख्तरले अभिनेताको मृत्यु भएको भन्दै श्रद्धाञ्जली दिएपछि अभिनेताको परिवारले यसको कडा आलोचना गरेका थिए । 

भारतीय सञ्चार माध्यमहरूले पनि अभिनेताको मृत्यु भएको खबरमा पछि माफी नै मागे । धर्मेन्द्र साेमबार मुम्बईको ब्रीच क्यान्डी अस्पतालमा भर्ना भएका छन् ।

उनलाई भेट्नका लागि सलमान खान, शाहरुख खान र गोविन्द जस्ता स्टारहरू आएका थिए । सारा देओलको परिवार अस्पतालको चक्कर लगाइरहेका छन् ।

सलमान खानलाई देओल परिवारको धेरै नजिक मानिन्छ । उनी धर्मेन्द्रलाई आफ्नो बुबा जस्तै मान्छन् । धर्मेन्द्रले एक पटक आफ्नो बायोपिकको लागि आफ्ना छोराहरू सनी र बबीको सट्टा सलमानलाई देख्न चाहेको बताएका थिए ।

आफ्नो बायोपिक बन्यो भने यसमा शीर्ष भूमिकाका लागि सलमान उत्तम विकल्प हुने २०१५ मा बलिउड लाइफसँगको एक अन्तर्वार्तामा धर्मेन्द्रले भनेका थिए ।

अन्तरवार्तामा उनलाई उनको बायोपिकबारे सोधिएको थियो । बायोपिक बन्यो भने उनको भूमिका कसले निभाउँछ भनेर सोधिएको प्रश्नमा धर्मेन्द्रले सलमान खानको नाम लिएका थिए ।

‘मलाई लाग्छ कि उनीसँग धेरै गुणहरू छन् जुन मेरो जस्तै छन् । मलाई लाग्छ कि उनले मलाई पर्दामा खुबै राम्रोसँग चित्रण गर्न सक्छन्,’ धर्मेन्द्रले भनेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप