शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
पाटन दरबार स्क्वायर आइपुग्यो एनपीएलको ‘ट्रफी जात्रा’
नेपाल प्रिमियर लिग

पाटन दरबार स्क्वायर आइपुग्यो एनपीएलको ‘ट्रफी जात्रा’

बुधबार, २६ कात्तिक २०८२

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले आयोजना गर्ने नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको दोस्रो संस्करण सुरु हुनुअघि चलिरहेको ‘ट्रफी जात्रा’ पाटन दरबार स्क्वायर पुगेको छ।

npl trophy (1)

एनपीएलका प्रत्येक सहभागी टिमले ट्रफी टूर गरिरहेका छन्, जसअन्तर्गत काठमाडौँ गोर्खाजले पाटन दरबार स्क्वायरमा पनि ‘ट्रफी जात्रा’ आयोजना गरेको हो। यसअघि काठमाडौं गोर्खाजले भक्तपुर दरबार स्क्वायरमा ट्रफी टूर गरेको थियो भने अब काठमाडौं दरबार स्क्वायरमा पनि आयोजना गर्नेछ।

npl trophy (2)

पाटन दरबार क्षेत्रमा पुगेको ट्रफीसँग फोटो खिच्नका लागि क्रिकेट समर्थकहरूको निकै भीड लागेको थियो।

npl trophy (3)

विराटनगरबाट सुरु भएको यो ट्रफी टूर सुदूरपश्चिम प्रदेशको कैलालीमा पुगेर टुङ्गिनेछ। विराटनगरबाट ट्रफी टूर मधेश प्रदेशको जनकपुर, चितवन हुँदै काठमाडौं आइपुगेको हो। काठमाडौंका प्रमुख स्थानमा ट्रफी टूर गरेपछि यो पोखरा, लुम्बिनी, सुर्खेत हुँदै कैलाली पुगेर समापन हुनेछ।

npl trophy (4)

एनपीएलको दोस्रो संस्करण यही मङ्सिर १ गतेदेखि २७ गतेसम्म हुँदैछ। एनपीएलको पहिलो संस्करणको उपाधि जनकपुर बोल्ट्सले जितेको थियो।

npl trophy (5)npl trophy (6)npl trophy (7)npl trophy (8)npl trophy (9)npl trophy (10)npl trophy (11)npl trophy (12)npl trophy (14)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया