जेनजी आन्दोलनका घाइतेलाई परिचयपत्र वितरण सुरु
बिहीबार, २७ कात्तिक २०८२, ०७ : १३
सारांश
- महोत्तरी जिल्ला प्रशासन कार्यालयले जेनजी आन्दोलनका घाइतेहरूलाई परिचयपत्र वितरण सुरु गरेको छ।
- घाइतेहरूले सक्कल नागरिकता प्रमाणपत्रसहित जिल्ला प्रशासन कार्यालयमा सम्पर्क गर्नुपर्नेछ।
- गृह मन्त्रालय र स्वास्थ्य मन्त्रालयको निर्देशन अनुसार परिचयपत्र वितरण गरिनेछ।
महोत्तरी । नेपाल सरकारको निर्देशनअनुसार जेनजी आन्दोलनका क्रममा घाइते भएका व्यक्तिहरूलाई परिचयपत्र वितरण प्रक्रिया सुरु गरिएको छ ।
जिल्ला प्रशासन कार्यालय महोत्तरीले एक सूचना जारी गर्दै जिल्लाभित्र स्थायी ठेगाना भएका घाइतेहरूलाई सक्कल नागरिकता प्रमाणपत्रसहित कार्यालयमा सम्पर्क गर्न आग्रह गरेको हो ।
जिल्ला प्रशासन कार्यालय महोत्तरीका सहायक प्रमुख जिल्ला अधिकारीको हस्ताक्षरमा जारी सूचनामा भनिएको छ, “गृह मन्त्रालय (राहत तथा तथ्याङ्क व्यवस्थापन शाखा) बाट प्राप्त निर्देशन र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको विवरण अनुसार जेनजी आन्दोलनका घाइतेहरूलाई परिचयपत्र वितरण गरिनुपर्ने भएकाले सम्बन्धित व्यक्तिहरूले कार्यालयमा सम्पर्क गरी आफ्नो परिचयपत्र प्राप्त गर्नुपर्नेछ।”

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सडक लिजमा मागिरहन्थ्यो निजी क्षेत्र, गण्डकी सरकारले अघि सार्यो प्रदेश द्रुत लोकमार्गको योजना
-
१२ बजे १२ समाचार : दुई मन्त्रीद्वारा सभामुखको ‘अपमान’देखि प्रमाण लुकाउन कागजात नै गायबसम्म
-
पोल्यान्डको सुप्रन्यासनलमा नेपालको प्रतिनिधित्व पूर्णिमा र मृदुलले गर्ने
-
सुर्खेत प्रहरीको हिरासतमा रहेका थुनुवाको मृत्युबारे छानबिन गर्न समिति गठन
-
परराष्ट्रमन्त्रीद्वारा चिनियाँ लगानीकर्तालाई नेपालमा लगानीका लागि आह्वान
-
प्रतिनिधिसभामा विनियोजन विधेयकमाथिको छलफल, अर्काे बैठक बुधबार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण