अनलाइन जुवा खेलाउने दुई जना सुन्धाराको होटलबाट पक्राउ
सारांश
- प्रहरीले अनलाइन जुवा खेलाउने दुई जनालाई काठमाडौँबाट पक्राउ गरेको छ।
- पक्राउ पर्नेमा एक भारतीय र एक नेपाली नागरिक छन्, जो बेटिङ वेबसाइटमार्फत जुवा खेलिरहेका थिए।
- प्रहरीले उनीहरूबाट मोबाइल, चेक, नगद र खातामा रहेको रकमसहित विभिन्न सामग्री बरामद गरेको छ।
काठमाडौँ । अनलाइन जुवा (सट्टाबाजी) खेलाउने कार्यमा संलग्न दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले गत मंगलबार साँझ ५ बजे काठमाडौँ महानगरपालिका–११, सुन्धारास्थित ‘द माउण्ट फुजी होटल’ को कोठा नम्बर १०१ मा छापा मारेको थियो।
पक्राउ पर्नेहरूमा भारतको उत्तर प्रदेश देवरिया जिल्ला स्थायी घर हुने वर्ष ५५ का धर्मनाथप्रसाद र कपिलवस्तुको शुद्धोधन गाउँपालिका–६ स्थायी घर भइ हाल रूपन्देही बस्ने वर्ष २५ का राम नन्द यादव रहेका छन् । उनीहरूलाई बेटिङ वेबसाइटहरू प्रयोग गरी अनलाइन जुवा खेल्ने–खेलाउने कार्य गरिरहेको अवस्थामा फेला पारिएको प्रहरीले जनाएको छ।
प्रहरीले उनीहरूको साथबाट ६ थान मोबाइल, विभिन्न व्यक्तिका नाममा रहेका ६ थान चेक, हिसाब किताबको अभिलेख राखिएको १ थान नोटबुक र नेपाली नगद रु.३७ हजार बरामद गरेको छ।
अनुसन्धानका क्रममा विभिन्न व्यक्तिहरूको खातामा मौज्दात रकम २८ लाख ४६ हजार ९८.९७ रुपैयाँसमेत देखिएको छ । पक्राउ परेका दुई जनामाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संसदीय भूमिका प्रभावकारी बनाउन नेकपाका सांसदलाई प्रशिक्षण
-
नेपाललाई विद्युत् तथा प्रविधि–आधारित अर्थतन्त्रतर्फ अघि बढाउनुपर्नेमा अध्यक्ष अग्रवालको जोड
-
भन्सार छलीको आशङ्कामा कोरोला नाकाबाट भित्र्याइएका ईभी गाडी सशस्त्रको नियन्त्रणमै, तस्बिरहरू
-
१३ प्रमुख जिल्ला अधिकारीसहित १८ सहसचिवकाे सरुवा, काे कहाँ ? (सूचीसहित)*
-
रास्वपाले गठन गर्यो ७७ वटै जिल्लामा निर्वाचन समिति
-
सरकारमाथि क्रान्तिकारी कम्युनिस्ट पार्टीको आरोप : देशलाई सिक्किमीकरणको दिशामा लगियो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण