अदालत
रवि र छविको मुद्दामा बहस सुरु
बिहीबार, २७ कात्तिक २०८२, १४ : १०
१
सारांश
- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र छविलाल जोशीको सहकारी ठगी मुद्दामा बुटवल उच्च अदालतमा बहस सुरु भयो।
- उच्च अदालत बुटवलमा न्यायधिशद्वय वासुदेव आचार्य र ओमप्रसाद अर्यालको इजलासमा बहस चलिरहेको छ।
- रवि लामिछानेको तर्फबाट महेन्द्र पाण्डेय र नारायण कँडेल लगायतका कानुन व्यवसायी बहसका लागि उपस्थित छन्।
बुटवल । सहकारी ठगीसम्बन्धी अभियोगमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र तत्कालीन गोर्खा मिडियाका सञ्चालक छविलाल जोशीको मुद्दामा बहस सुरु भएको छ। उच्च अदालत बुटवलमा न्यायधिशद्वय वासुदेव आचार्य र ओमप्रसाद अर्यालको संयुक्त इजलासमा बहस सुरु भएको हो ।
बहसमा रवि र छविका कानुन व्यावसायीहरु उपस्थित भएका छन् । रविको तर्फबाट महेन्द्र पाण्डेय, नारायण कँडेल लगायतका कानुन व्यवसायी सहभागी छन् । उच्च अदालत तुलसीपुर बुटवल इजलासमा आजका लागि तोकिएको पेसी एक नम्बर इजलासको क्रम सङ्ख्या १ मा रहेको छ ।
यसअघि कात्तिक २० गते यसै अदालतबाट प्रमाण मिसिल झिकाउने आदेश भएको थियो । लामिछाने र जोशीको मुद्दाको सुनुवाइका क्रममा गत बिहीबार अदालतले मूल मुद्दाको मिसिल झिकाउने आदेश दिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
वन तथा वातावरण मन्त्रालयको वार्षिक प्रगति ८२ प्रतिशत
-
डा. केसीले उठाएका विषय प्रष्ट पार्न आग्रह
-
१२ बजे १२ समाचार: प्रश्नपत्र लिक भएपछि त्रिविमा हलचल, कर्णालीमा नयाँ मुख्यमन्त्री नियुक्तिको प्रक्रिया अघि बढ्यो
-
गेउरिया खोलामा पक्की पुल बनेसँगै आवागमन सहज
-
नेपाल बाल सङ्गठनको बाल मन्दिरमा पुनः संरचनाको काम सुरु
-
भोटेकोशीमा इभी खस्दा चालकसहित सवारीसाधन बेपत्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण