नन्दप्रसाद–गंगामाया अधिकारीका छोराको हत्या आरोप लागेका पौडेलद्वारा अदालतमा आत्मसमर्पण
काठमाडौं –गोरखा फुजेलका नन्दप्रसाद अधिकारी र गंगामाया अधिकारीकी छोराको हत्यामा संलग्न भनिएका छविलाल पौडेलले सर्वोच्च अदालतमा आत्मसमर्पण गरेका छन् । गोरखाका कृष्णप्रसाद अधिकारीको हत्यामा संलग्न पौडेलले आईतबार आत्मसर्मण गरेको सर्वोच्च अदालत स्रोतले जनाएको छ ।
६८ बर्षीय छविलाललाई अदालतको आदेशले डिल्लीबजार कारागारमा थुनामा पठाइएको छ । २०६२ सालमा तत्कालिन जनमिलिसिया चितवनको आदेशले रत्ननगर नगरपालिकास्थित जयमंगलबाट अपहरण गरेर अधिकारीलाई माओवादीले हत्या गरेको थियो । यद्यपि, चितवन माओवादी पार्टीको निर्देशनमा सुराकी गरेको आरोपमा उनको सफाया गरेको स्पष्टीकरण दिएको थियो ।
अदालतले कृष्णप्रसादको हत्यामा छविलाललाई दोषी ठहर गरेपछि तत्कालीन माओवादीले विरोध गर्दै आएको थियो । उनलाई सर्वोच्चले २०७२ पुस ६ गते पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको थियो ।
त्यसअघि उनलाई चितवन जिल्ला अदालतले ४ वैशाख २०७१ धरौटीमा छाडेको थियो । तर, पुनरावेदन अदालतले त्यसलाई सदर गरेलगत्तै सर्वोच्चले उक्त आदेशलाई बदर गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युरोपमा नक्कली कन्डम आपूर्ति गर्ने सञ्जालको पर्दाफास
-
सुरु भयो स्वीट्जरल्याण्ड र कोलम्बियाबिचको खेल, कसले मार्ला बाजी ?
-
पोखरा–मुग्लिन सडक आयोजनाको चौथोपटक म्याद थप
-
मे महिनामा अमेरिकी व्यापार घाटा एक वर्षयताकै उच्च
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
-
प्रधानमन्त्री शाह भक्तपुरको नवदुर्गा देवगण मन्दिरमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण