कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक
सारांश
- नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ।
- निर्वाचनलाई मध्यनजर गर्दै महाधिवेशनबारेको विवादमा सहमति खोज्न बैठक बस्न लागेको हो।
- चुनावअघि महाधिवेशन गर्ने वा नगर्ने विषयमा सहमति जुटाउन बैठक केन्द्रित हुनेछ।
काठमाडौँ । नेपाली कांग्रेसभित्र देखिएको महाधिवेशनसम्बन्धी विवाद मिलाउन कार्यसम्पादन समिति बोलाइएको छ । कार्यवाहक सभापति पूर्णबहादुर खड्काले एक महिनादेखि जारी केन्द्रीय कार्यसमिति बैठक रोकेर कार्यसम्पादन समिति बैठक बोलाएका हुन् ।
आज दिउँसो १ बजे पार्टी ललितपुरको धोविधाटमा कार्यसम्पादन समिति बैठक रहेको जानकारी आएको सहमहामन्त्री महालक्ष्मी उपाध्याय ‘डिना’ले रातोपाटीलाई जानकारी दिइन् । बैठकको एजेण्डा महाधिवेशनका सन्दर्भमा रहेको विवाद समाधानका उपाय खोज्ने रहेको पनि उनले बताइन् ।
पार्टीको १५ औँ महाधिवेशन कहिले गर्ने भन्ने टुङ्ग्याउन गत असोज २८ गतेबाट सुरु भएको केन्द्रीय कार्यसमिति बैठक जारी छ । केन्द्रीय समितिको कात्तिक १९ गतेको बैठकमा महामन्त्री गगन थापाले पुस १६ देखि १९ गतेसम्म महाधिवेशन गर्ने कार्यतालिका पेस गरेका थिए । त्यसै दिन उनको कार्यतलिकालाई काउन्टर दिँदै सहमहामन्त्री महेन्द्र यादवले बैशाख २७ देखि ३० गतेसम्म महाधिवेशन गर्नुपर्ने कार्यतालिका पेस गरेका थिए ।
थापाको कार्यतालिकालाई पार्टीभित्रको इतर समूहका नेताहरू र यादवको कार्यतलिकालाई संस्थापनका नेताहरूले केन्द्रीय कार्यसमिति बैठकमा धारणा राख्दा समर्थन गरेपछि विवाद मिल्न सकेको छैन ।
बिहीबारसम्म केन्द्रीय कार्यसमितिमा केन्द्रीय सदस्यहरू र पदाधिकारीले धारणा राख्ने क्रम सकिएको छ । महाधिवेशन कहिले गर्ने सन्दर्भमा दुई पक्षबिच विवाद मिल्न नसकेपछि केन्द्रीय कार्यसमिति बैठक आज रोकेर शनिबारका लागि बोलाइएको छ । विवाद मिलाउने प्रयास गर्न कार्यवाहक सभापति खड्काले शुक्रबार कार्यसम्पादन समिति बैठक बोलाएका हुन् ।
अर्कोतर्फ महामन्त्री थापाले बिहीबारको बैठकमा धारणा राख्दै विशेष महाधिवेशनका लागि मंसिर २७ गतेको मिति प्रस्ताव गरेका छन् । विशेष महाधिवेशन माग गर्दै २ हजार ४ सय ८८ महाधिवेशन प्रतिनिधिले कार्यवाहक सभापति खड्कालाई असोज २९ गते हस्ताक्षर बुझाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘गगनजीसँग बस्ने एकथरी मान्छेहरू कांग्रेस फुट्नैपर्छ भन्नेमा छन्’
-
दुबईको अफर : आफन्तलाई घुमाउन बोलाए ३ हजार दिरामभन्दा बढीका सुविधा
-
‘रैथाने उत्पादन संरक्षण गर्न भौगोलिक सङ्केतसम्बन्धी कानुन तर्जुमा गरिने’
-
औषधिको मूल्य समायोजन प्रक्रिया अघि बढाउँदै सरकार
-
ठमेलमा पर्यटकलाई दुःख दिने र प्रहरीमाथि अभद्र व्यवहार गर्ने २३ जना पक्राउ
-
नेपाल–दक्षिण कोरिया शिक्षा सहकार्य विस्तारबारे शिक्षामन्त्री र राजदूतबिच छलफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण