विभिन्न जिल्लामा सवारी दुर्घटना, ३ जनाको मृत्यु
सारांश
- काठमाडौं, जुम्ला र तनहुँमा भएका सवारी दुर्घटनामा ३ जनाको मृत्यु भएको छ।
- काठमाडौंको शंखरापुरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भयो, अर्का घाइते छन्।
- जुम्ला र तनहुँमा भएका मोटरसाइकल दुर्घटनामा पनि एक-एक जनाको मृत्यु भएको छ, चालक नियन्त्रणमा।
काठमाडौँ । विभिन्न जिल्लामा भएका सवारी दुर्घटनामा परेर ३ जनाको मृत्यु भएको छ । काठमाडौँ, जुम्ला र तनहुँमा भएको सवारी दुर्घटनामा परेर ३ जनाको मृत्यु भएको हो ।
काठमाडौँको शंखरापुर नगरपालिका–१ छापभञ्ज्याङ ढकालगाउँस्थित सडकमा प्रदेश–३ ०२–१० प ७४५२ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी नगरपालिका–८ घर भएका ३५ वर्षीय एकबहादुर तामाङको बिहीबार साँझ मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको नेपाल मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको हो । उनी सो मोटरसाइकलका चालक हुन् । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।
त्यस्तै जुम्लाको चन्दननाथ नगरपालिका–६ बसपार्कस्थित सडकमा रोकी राखेको भे.२ त. १८६८ नम्बरको ट्याक्टरमा भे.७ प २२२२ नम्बरको मोटरसाइकल ठक्कर खाई दुर्घटना हुँदा मोटरसाइकल चालक पातारासी गाउँपालिका–३ बस्ने ४५ वर्षीय जनबहादुर बुढाको मृत्यु भएको छ ।
बिहीबार बेलुका भएको दुर्घटनामा गम्भीर घाइते भएका उनको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएकी मोटरसाइकलमा सवार १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
उता तनहुँको व्यास नगरपालिका–१२ घाँसीकुवास्थित सडकमा ग–२३ प ९५४२ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकलमा सवार सोही नगरपालिका–१ भादगाउँ बस्ने १९ वर्षीय जगत बाचे मगरको मृत्यु भएको छ ।
बिहीबार दिउँसो भएको दुर्घटनामा गम्भीर घाइते भएका उनको प्रदेश अस्पताल दमौलीमा उपचारको क्रममा मृत्यु भएको हो । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । सबै दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान भइरहेको जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधान न्यायाधीश शर्मा भारत प्रस्थान
-
वैदेशिक व्यापारमा नयाँ रेकर्ड, तर व्यापार घाटा झण्डै १८ खर्ब
-
राजेश हमालकाे प्रश्न : देशको शासन प्रणाली ‘हिट एन्ड मिस’ को भरमा सञ्चालन गर्नु कत्तिको बुद्धिमानी हो ?
-
चालु आव ‘कानुन निर्माण तथा सुधार वर्ष’ घोषणा, उच्चस्तरीय समिति गठन
-
नेदरल्यान्ड्सविरुद्ध नेपाल १५७ रनमै अलआउट, फेरि धर्मरायो ब्याटिङ
-
कर अधिकृतलाई अर्थमन्त्रीको सम्बोधन– ‘८ खर्ब तपाईंहरूको लक्ष्य हो, बजेटको स्कीमबाट १ खर्ब उठाउनुस्’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण