किसानलाई ५० प्रतिशत अनुदानमा गहुँको बीउ वितरण सुरु
सारांश
- सर्लाहीको हरिपुर नगरपालिकाले किसानहरूलाई ५० प्रतिशत अनुदानमा गहुँको बीउ वितरण सुरु गरेको छ।
- नगरपालिकाले कृषि सामग्री कम्पनी लिमिटेडसँग ३२ लाख १ हजार ६०० रुपियाँमा ९२० बोरा गहुँको बीउ खरिद गरेको छ।
- किसानलाई ‘बिजय’ र ‘एनएल–९७१’ जातका गहुँका बीउ उपलब्ध गराइएको छ।
जनकपुरधाम । सर्लाहीको हरिपुर नगरपालिकाले आफ्नो क्षेत्रभित्रका किसानहरूलाई ५० प्रतिशत अनुदानमा गहुँको बीउ वितरण सुरु गरेको छ । नगरपालिकाको कृषि शाखाका नायब प्राविधिक सहायक अम्बिका मैनालीका अनुसार यस वर्ष किसानलाई समयमै सहयोग पुर्याउन बीउ वितरण कार्यक्रम अघि बढाइएको हो ।
अनुदानमा बीउ वितरण कार्यको आज नगर उपप्रमुख निलमदेवी राय यादव र निमित्त प्रमुख प्रशासकीय अधिकृत विनय पौडेलले संयुक्त रूपमा शुभारम्भ गरेका छन् । नगरपालिकाले कृषि सामग्री कंपनी लिमिटेडसँग ३२ लाख १ हजार ६०० रुपियाँमा ९२० बोरा गहुँको बीउ खरिद गरेको जनाएको छ ।
कृषि शाखाका प्राविधिक मैनालीका अनुसार ‘बिजय’ र ‘एनएल–९७१’ गरी दुई जातका गहुँका बीउ किसानलाई उपलब्ध गराइएका छन् । यसअघि नै किसानसँग माग संकलन गरेर बीउ खरिद गरिएको र मागअनुसार क्रमशः वितरण हुँदै गएको कार्यालयले जनाएको छ ।
कृषि प्राविधिकका अनुसार चार कठ्ठा बराबर खेतमा एक किलो गहुँको बीउ छर्दा हुने बताए अनुसार किसानलाई आवश्यक हिसाबले बीउ उपलब्ध गराइँदै छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : दुई मन्त्रीद्वारा सभामुखको ‘अपमान’देखि प्रमाण लुकाउन कागजात नै गायबसम्म
-
पोल्यान्डको सुप्रन्यासनलमा नेपालको प्रतिनिधित्व पूर्णिमा र मृदुलले गर्ने
-
सुर्खेत प्रहरीको हिरासतमा रहेका थुनुवाको मृत्युबारे छानबिन गर्न समिति गठन
-
परराष्ट्रमन्त्रीद्वारा चिनियाँ लगानीकर्तालाई नेपालमा लगानीका लागि आह्वान
-
प्रतिनिधिसभामा विनियोजन विधेयकमाथिको छलफल, अर्काे बैठक बुधबार
-
रास्वपा कर्णालीको सभापतिमा मदन खड्का निर्वाचित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण