सोमबार, ०४ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
अपडेट

मतदाता नामावली संकलनको म्याद पाँच दिन थप्ने तयारी

शुक्रबार, २८ कात्तिक २०८२, १६ : २६
शुक्रबार, २८ कात्तिक २०८२

सारांश

  • प्रधानमन्त्री सुशीला कार्कीले मतदाता नामावली संकलनको म्याद थप्न निर्वाचन आयोगलाई आग्रह गरिन्।
  • आयोगले ५ दिन म्याद थप्न सकिने जानकारी दिएको छ, र सोही अनुसार तयारी भइरहेको छ।
  • अनलाइनबाट नाम दर्ता गराउनेको उच्च चाप देखिएपछि प्रधानमन्त्रीले चासो व्यक्त गरिन्।

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले मतदाता नामावली संकलनमा देखिएको उत्साह र चापलाई ध्यानमा राख्दै म्याद थप्न निर्वाचन आयोगलाई आग्रह गरेकी छन् । 

कार्यवाहक प्रमुख निर्वाचन आयुक्त राम्रसाद भण्डारीसँग टेलिफोनमा कुराकानी गर्दै प्रधानमन्त्री कार्कीले म्याद थपका लागि आग्रह गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
 यसबारे आयोग सकारात्मक रहेको र ५ दिन म्याद थप्न सकिने जानकारी भण्डारीले प्रधानमन्त्रीलाई दिएको पनि सचिवालयको भनाइ छ । सोहीअनुसार म्याद थपको तयारी भइरहेको बताइएको छ । 

राष्ट्रिय परिचय पत्रको विवरणका आधारमा मतदाता नामावलीमा नाम दर्ता गराउन मिल्ने भएपछि बिहीबारबाट अनलाइनबाट नाम दर्ता गराउनेको उच्च चाप देखिएको छ ।

यसैबीच प्रधानमन्त्री कार्कीले इन्टरनेट सर्भरमा देखिएको समस्याका विषयमा पनि चासो व्यक्त गरेकी छन् । 

त्यो विषय पनि समाधान गर्दै अघि बढिरहेको भण्डारीले जानकारी दिएका छन् ।  यसअघि आयोगले मतदाता नामावली संकलनका लागि नयाँ नाम दर्ता गर्न कात्तिक ३० गतेसम्मको म्याद तोकेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप