कटुवा पेस्तोलसहित एक जना पक्राउ
मकवानपुर । यहाँको राक्सिराङ गाउँपालिकामा एक व्यक्तिको गोली हानी हत्या गर्ने अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय, मकवानपुरका अनुसार शुक्रबार बिहान ९:५२ बजे मकवानपुरको राक्सिराङ गाउँपालिका–१, कोलँगैरी ठकुरीडाँडामा ५४ वर्षीय इमान सिंह थोकरले ६४ वर्षीय तुले गोलेलाई गोली प्रहार गरी हत्या गरेका थिए ।
गोली प्रहारबाट गोलेको घटनास्थलमै मृत्यु भएको खबर पश्चात् प्रहरीको टोली घटनास्थलमा खटिएको थियो ।
प्रारम्भिक अनुसन्धान पश्चात् फरार रहेका अभियुक्त थोकरको खोजी गर्ने क्रममा प्रहरीले उनलाई घटनास्थलभन्दा १ किलोमिटर पूर्व कोलगैरीमा लुकीछिपी बसिरहेको अवस्थामा साँझ ५ बजे पक्राउ गरेको हो ।
प्रहरीले उनको साथबाट १ थान कटुवा पेस्तोल, सोही पेस्तोलमा लाग्ने २ राउन्ड गोली, १ थान खोका र १९० ग्राम गनपाउडर बरामद गरेको छ ।
पक्राउ परेका थोकरलाई नियन्त्रणमा लिई आवश्यक कारबाही अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय, मकवानपुरका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक राजु प्रसाद कुर्मीले जानकारी दिए ।
प्रारम्भिक अनुसन्धानमा पुरानो रिसिइबीका कारण हत्या भएको खुलेको प्रहरीले जनाएको छ । घटनाको विषयमा थप अनुसन्धान भइरहेको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युक्रेन युद्धमा हताहतको संख्या २० लाख नाघ्यो
-
विमानस्थलबाट अमेरिका तस्करी हुन लागेको गहना सक्कली सुनचाँदीकै रहेको पुष्टि
-
सर्लाहीमा धारिलो हतियार प्रहार गरी हत्या गर्ने अभियुक्त पक्राउ
-
पेटमा क्यान्सर हुनुभन्दा अघि देखिन्छ यी ५ लक्षण
-
२५ करोड प्रकरण : केन्द्रीय कारागारबाट भागेका कुसाङ लामा पक्राउ
-
कास्की बन्यो पूर्ण खोप सुनिश्चितता जिल्ला घाेषणा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण