सोमबार, २५ जेठ २०८३
ताजा लोकप्रिय

थाइल्याण्डमा अन्तर्राष्ट्रिय तस्करी नेटवर्कका २ जना सदस्य गिरफ्तार

शनिबार, २९ कात्तिक २०८२, १५ : ०१
शनिबार, २९ कात्तिक २०८२

सारांश

  • थाइल्याण्डमा वन्यजन्तु तस्करीको आरोपमा दुई जना पक्राउ परेका छन्, उनीहरूले ८१ म्याकाक बाँदर ओसार्दै थिए।
  • पक्राउ परेकाहरूले थाइल्याण्डबाट कम्बोडियातर्फ म्याकाक बाँदर तस्करी गर्ने स्वीकारेका छन् र लागुऔषध पनि बरामद भयो।
  • थाइल्याण्ड वन्यजन्तु तस्करीको प्रमुख मार्ग हो, जहाँ दुर्लभ जनावरहरू चीन र अन्यत्र कालो बजारमा बेचिन्छन्।

बैंकक । थाइल्याण्डका रेन्जरहरूले अन्तर्राष्ट्रिय वन्यजन्तु तस्करीसँग सम्बन्धित शङ्का लागेका दुईजनालाई पक्राउ गरेका छन् । उनीहरूलाई कम्बोडियासिमाना नजिक गाडीमा ८१ ‘म्याकाक’ बाँदर राखेको अवस्थामा नियन्त्रणमा लिइएको सैन्य स्रोतले शनिबार जनाएको छ । 

‘म्याकाक’ एक प्रकारको बाँदर हो, जुन मुख्यतः एशिया, उत्तर अफ्रिका र युरोपका केही भागहरूमा पाइन्छ । म्याकाक बाँदरहरूको प्रजाति धेरै विविध छ र यिनीहरूको आकार, रङ्ग र जीवनशैलीमा विभिन्नता पाइन्छ ।


थाइल्याण्ड वन्यजन्तु तस्करीको प्रमुख मार्गको रूपमा परिचित छ, जहाँ दुर्लभ जनावरहरू चीन, ताइवान र दक्षिणपूर्वी एसियामा कालो बजारमा महँगो मूल्यमा बेचिन्छन् ।

शुक्रबार दिउँसो साराकेओ प्रान्तको अरान्याप्रथेत जिल्लामा गाडीलाई रोकेर जाँच गर्दा सैनिकहरूले बाँदरहरू निलो जालोमा थुप्रिएको अवस्थामा फेला पारे । १२ औँ रेन्जर फोर्स रेजिमेन्टले फेसबुकमा जारी गरेको वक्तव्यअनुसार, ‘३ः२० बजे दुई जनालाई पक्राउ गरी गाडीको निरीक्षण गरियो ।’ सैनिकहरूले ‘मेथाम्फेटामिन’का गोली र ‘क्रिस्टल मेथ’ पनि बरामद गरेका छन्, यद्यपि बरामद पदार्थको मात्रा खुलाइएको छैन ।

सोधपुछको क्रममा पक्राउ परेकाहरूले थाइल्याण्डबाट कम्बोडियातर्फ म्याकाक बाँदर तस्करी गर्ने अन्तर्राष्ट्रिय नेटवर्कमा संलग्न रहेको स्वीकार गरेका छन् ।

सैनिकहरू प्रहरीसँग मिलेर उनीहरूविरुद्ध वन्यजन्तु संरक्षण र लागूऔषध कानून अन्तर्गत कारबाही अघि बढाइरहेका छन् । गत वर्ष थाइल्याण्डमा लगभग एक हजार दुर्लभ लेमुर र कछुवालाई म्याडागास्कर फिर्ता

पठाएको थियो, जुन दुई देशबीचको सबैभन्दा ठूलो वन्यजन्तु तस्करीविरुद्धको अभियान थियो ।  यसै वर्ष मे महिनामा थाइल्याण्ड प्रहरीले दुई ओरेङ्गुटान बच्चा तस्करी गर्ने शंकास्पद व्यक्तिलाई पनि पक्राउ गरेको थियो ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप