माइतीघरमा नयाँ सामाजिक व्यवस्था र नयाँ संविधानको लागि प्रदर्शन
शनिबार, २९ कात्तिक २०८२, १५ : ४०
सारांश
- वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी, नेपालले माइतीघरमा नयाँ सामाजिक व्यवस्था र नयाँ संविधानको माग गर्दै प्रदर्शन गरेको छ।
- शनिबार दिउँसो नयाँ संविधान निर्माण लगायतका विभिन्न माग राखेर माइतीघरमा प्रदर्शन भएको थियो।
- प्रदर्शनकारीहरूले विभिन्न नारा र प्ले कार्ड बोकेर विरोध जनाएका थिए।
काठमाडौँ । वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी, नेपालले माइतीघरमा नयाँ सामाजिक व्यवस्था र नयाँ संविधानको माग गरी प्रदर्शन गरेको छ । शनिबार दिउँसो नयाँ संविधान निर्माणसहितका विभिन्न माग राखेर माइतीघरमा प्रदर्शन गरेको हो ।
प्रदर्शनमा सहभागीहरूले जेनजी विद्रोहको मर्म र भावनाको आत्मसात् गरौँ, आजको समयको विद्रोहको सम्भावनालाई नयाँ उचाइमा लगौँ, विद्रोहलाई क्रान्तिमा रूपान्तरण गरौँ, भ्रष्टाचारीलाई कारबाही गर, साम्राज्यवादका सबै रूपहरूसँग सङ्घर्ष गरौँ, राष्ट्रिय स्वाधीनता र वैज्ञानिक मौलिकताको रक्षाको सङ्कल्प गरौँ, वैदेशिक दलालहरु होसियार लगायतका नारा लेखिएका प्ले कार्ड बोकेका थिए । –न्युज एजेन्सी नेपाल
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमती सफाइ महाअभियान ६८९औँ हप्तामा प्रवेश
-
नेपाली कला र संस्कृति झल्काउन क्यानडामा ‘नेपाल फेस्टिभल’
-
हुथी विद्रोहीद्वारा साउदी अरेबियामा आक्रमण
-
स्तनपान गराउने आमाको सङ्ख्या घट्दै
-
अपूर्वाको खुलासा : कठिन समयमा सूफीले बचाएका थिए ज्यान
-
पेसागत मर्यादा र आत्मसम्मान नै वास्तविक लोकतन्त्र हो : प्रहरी महानिरीक्षक कार्की
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण