अनलाइन ठगीमा संलग्न ३ जना पर्साबाट पक्राउ, १० करोडभन्दा बढीको अवैध कारोबार
सारांश
- पर्सामा अनलाइन ठगीमा संलग्न रहेको आरोपमा ३ जना पक्राउ परेका छन्।
- पक्राउ पर्नेमा एक बालक र दुई युवा छन्, जसले विभिन्न प्रलोभनमा पारी ठगी गर्थे।
- उनीहरूले सामाजिक सञ्जालमार्फत फिशिङ र अन्य माध्यमबाट १० करोडभन्दा बढीको अवैध कारोबार गरेको खुलेको छ।
पर्सा । पर्सामा अनलाइन ठगीमा संलग्न रहेको अभियोगमा ३ जनालाई बुधबार प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेहरूमा वीरगञ्ज महानगरपालिका-२९ मुसैली बस्ने ३५ वर्षीय कृष्णा प्रसाद साह, १४ वर्षीय बालक र बारा विश्रामपुर गाउँपालिका-१ बस्ने २१ वर्षीय राहुल मण्डल रहेका छन्।
वीरगञ्ज महानगरपालिका-८ बाट सर्वसाधारणहरूलाई विभिन्न प्रलोभन तथा झुक्यानमा पारी विभिन्न बैंकहरूको 'मनी मोल एकाउन्ट' खोलाई उक्त खाताहरूमा सामाजिक सञ्जालमार्फत फिशिङ, ओटिपी फ्रड, जब स्क्याम तथा फेक अनलाइन बिजनेश स्क्याम र एआईबाट विभिन्न कम्पनीको कागजात बनाई सामानहरूको अडर बिल बनाएर ठगी गर्ने कार्यमा उनीहरू संलग्न थिए।
जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले उनीहरूलाई ४३ थान एटिएम कार्डसहित पक्राउ गरेको हो। अनुसन्धानको क्रममा उनीहरूले विभिन्न व्यक्तिको बैंक खाता र डिजिटल वालेटहरू प्रयोग गरी करिब १० करोडभन्दा बढीको अवैध कारोबार गरेको खुल्न आएको छ।
उनीहरूउपर बैंकिङ कसूर मुद्दामा जिल्ला अदालत पर्साबाट ३ दिनको म्याद थप अनुमति लिई प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तीन मौसमी वायुको असर : आज सातै प्रदेशमा हुनेछ चट्याङ्गसहित वर्षा
-
आज पहाडी तथा हिमाली क्षेत्रमा वर्षाको सम्भावना
-
विश्वकपमा नर्वेको सानदार सुरुवात, निरीह बन्यो इराकी टोली
-
मेस्सीको खेलको प्रतीक्षा : समूह चरणको पहिलो खेलमा अल्जेरियासँग भिड्दै अर्जेन्टिना
-
निःशुल्क हवाई उद्धारले गर्भवती र सुत्केरीलाई सहज
-
कालीकोटमा भेटियो रेडपान्डा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण