बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

स्कर्पियो रिजर्भ गरी भारतबाट काठमाडौँमा खैरो हेरोइन तस्करी

आइतबार, ३० कात्तिक २०८२, १४ : ५४
आइतबार, ३० कात्तिक २०८२

सारांश

  • लागू औषध नियन्त्रण ब्यूरोले भारतबाट खैरो हेरोइन तस्करी गर्ने गिरोहका सदस्यहरूलाई पक्राउ गरेको छ।
  • प्रहरीले काठमाडौँका विभिन्न स्थानबाट ९५७ ग्राम खैरो हेरोइनसहित ४ जनालाई पक्राउ गरेको हो, जसमा २ भारतीय नागरिक छन्।
  • पक्राउ परेका व्यक्तिहरूलाई लागू औषध (नियन्त्रण) ऐन २०३३ अनुसार कानुनी कारबाही अघि बढाइएको छ।

काठमाडौं । लागू औषध नियन्त्रण ब्यूरोले भारतबाट खैरो हेरोइन तस्करी गर्ने गिरोहका सदस्यलाई पक्राउ गरेको छ । विशेष सूचनाका आधारमा प्रहरीले कुल ९५७ ग्राम खैरो हेरोइनसहित ४ जनालाई काठमाडौँका छुट्टाछुट्टै स्थानबाट पक्राउ गरेको हो। ब्यूरोले आइतबार सार्वजनिक गरेको प्रेस विज्ञप्तिअनुसार पक्राउ परेकामध्ये दुई भारतीय नागरिक छन्।

ब्युरोका अनुसार सबैभन्दा पहिले सप्तरीका रवि आनन्द देव काठमाडौँ महानगरपालिका–१३ पनेरु गाउँस्थित डेराबाट २७२ ग्राम खैरो हेरोइनसहित कात्तिक २६ गते पक्राउ परे। उनको बयानका आधारमा ब्यूरोले थप कारबाही अघि बढाउँदै हेरोइन तस्करीमा संलग्न भारतीय नागरिक राजा कुमार र देवेन्द्र कुमार साह पक्राउ परे । 

यी दुईजनाले भारतीय नम्बर प्लेटको स्कर्पियो रिजर्भ गरी भारतबाट हेरोइन तस्करी गरी काठमाडौँमा बिक्री वितरण गर्न ल्याएको खुलेको छ । उनीहरुलाई चन्द्रागिरी नगरपालिका–१५ ढुंगेअड्डाबाट ५९२ ग्राम हेरोइनसहित पक्राउ गरिएको ब्यूरोले जनाएको छ।

त्यसैगरी, मोरङ पथरी शनिश्चरे–८ का पुष्प मगरलाई पनि काठमाडौँ महानगरपालिका–३२ कोटेश्वरबाट कात्तिक २७ गते ९३ ग्राम खैरो हेरोइनसहित पक्राउ गरिएको ब्यूरोका सह–प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायव उपरीक्षक चन्द्र भुसन यादवले जानकारी दिए । 

पक्राउ परेका सबैलाई लागू औषध (नियन्त्रण) ऐन २०३३ अनुसार आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको उनले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप