मृत्यु संस्कारको भोजकाे विषयमा विवाद हुँदा वडाध्यक्षकाे हत्या : सहायक हवलदारसहित चार जना पक्राउ
काठमाडौँ । धनुषाको मिथिला बिहारी नगरपालिका वडा नम्बर ९ का वडाध्यक्ष विन्देश्वर यादवको गोली हानेर हत्या गरेको आरोपमा प्रहरीले आइतबार चार जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा ३५ वर्षिय शम्भु कुमार यादव, ३० वर्षिय धर्मनाथ यादव,२८ वर्षिय पप्पू यादव र २८ वर्षकै मनोज कुमार यादव रहेका छन् । उनीहरू सोही वडाका हुन् ।
सोही वडाको अन्दुपट्टी बस्ने दुखी यादवको मृत्यु संस्कारको १० दिनको भोज ढिलो समयमा सुरु गरेको विषयलाई लिएर दुई पक्षबिच विवाद भएको थियो ।
झै–झगडा गर्ने क्रममा सोही ठाउँ घर भई जिल्ला प्रहरी कार्यालय सप्तरीमा कार्यरत प्रहरी सहायक हवलदार शम्भु कुमार यादव समेतले कटुवा पेस्तोलले वडाध्यक्ष यादवको छातीमा गोली प्रहार गरी घाइते बनाएका प्रहरीले जनाएको छ ।
उनीहरूको साथबाट पेस्तोल थान–१,गोलीको खोका–१ समेत बरामद गरी घटनामा संलग्नहरूलाई विभिन्न स्थानबाट पक्राउ गरी जिल्ला अदालत धनुषाबाट म्याद लिई थप अनुसन्धान भइरहेको प्रहरी नायव उपरीक्षक गणेश बहादुर बमले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : दुई मन्त्रीद्वारा सभामुखको ‘अपमान’देखि प्रमाण लुकाउन कागजात नै गायबसम्म
-
पोल्यान्डको सुप्रन्यासनलमा नेपालको प्रतिनिधित्व पूर्णिमा र मृदुलले गर्ने
-
सुर्खेत प्रहरीको हिरासतमा रहेका थुनुवाको मृत्युबारे छानबिन गर्न समिति गठन
-
परराष्ट्रमन्त्रीद्वारा चिनियाँ लगानीकर्तालाई नेपालमा लगानीका लागि आह्वान
-
प्रतिनिधिसभामा विनियोजन विधेयकमाथिको छलफल, अर्काे बैठक बुधबार
-
रास्वपा कर्णालीको सभापतिमा मदन खड्का निर्वाचित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण