शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

चार महिनामा सवारी दुर्घटनाका कारण १७ जनाको मृत्यु

आइतबार, ३० कात्तिक २०८२, २३ : ३९
आइतबार, ३० कात्तिक २०८२

सारांश

  • झापामा चार महिनामा सवारी दुर्घटनामा परी १७ जनाको मृत्यु भएको छ।
  • दुर्घटनामा २९ जना गम्भीर घाइते र ६७० जना सामान्य घाइते भएका छन् ।
  • ट्राफिक नियम उल्लंघन गर्ने ६,१०५ सवारीसाधनलाई कारबाही गरिएको छ र ५९ लाख ८१ हजार ५३३ राजस्व संकलन भएको छ।

झापा । पछिल्लो चार महिनामा यहाँ सवारी दुर्घटनामा परी १७ जनाले ज्यान गुमाएका छन् । चालु आर्थिक वर्षको साउनदेखि कात्तिक २९ गतेसम्म भएका सवारी दुर्घटनामा परी १७ जनाको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक सन्तोष राईले जानकारी दिए । ती दुर्घटनामा परी २९ जना गम्भीर घाइते भएका छन् भने छ सय ७० जना सामान्य घाइते भएका छन् ।

असोजमा सबैभन्दा बढी छ जनाको मृत्यु भएको बताउँदै प्रमुख प्रहरी निरीक्षक राईले साउनमा तीन, भदौमा चार र कात्तिकको चार जनाको मृत्यु भएको जानकारी दिनुभयो । जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार अधिकांश घटनामा दुई पाङ्ग्रे सवारीसाधन संलग्न छन् । 

प्रमुख प्रहरी निरीक्षक राईका अनुसार तीन सय ४५ दुर्घटनामा सवारीसाधनको सङ्ख्या भने चार सय ८८ छन् । तीमध्ये दुई पाङ्ग्रे तीन सय २६, चार पाङ्ग्रे ९३, मझौला ३४, ठुला ३२ र पहिचान हुन नसकेका तीन वटा सवारीसाधन रहेका उनले जानकारी दिए । 

सोही अवधिमा कार्यालयले ट्राफिक नियम उल्लङ्घन गर्ने छ हजार १०५ वटा सवारीसाधनलाई कारबाही गरेको छ । कार्यालयले साउनमा दुई हजार ५६४, भदौमा एक हजार ९२७, असोजमा दुई सय ७१ र कात्तिकको हालसम्म एक हजार ३४३ वटा सवारीसाधनलाई कारबाही गरेको हो । सोबापत कार्यालयले रु ५९ लाख ८१ हजार ५३३ राजस्व सङ्कलन गरेको छ ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप