अपडेट
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज नबस्ने
सोमबार, ०१ मङ्सिर २०८२, ०६ : ५५
सारांश
- नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज नबस्ने भएको छ।
- पार्टीका मुख्यसचिवका अनुसार बैठक मङ्सिर ४ गते बिहीबार बस्ने तय भएको छ।
- महाधिवेशनलगायतका विषयमा सहमति नजुटेकाले बैठक स्थगित भएको हो।
काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज नबस्ने भएको छ ।
पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आजको बैठक स्थगित गरी अब मङ्सिर ४ गते बिहीबार बस्नेगरी तय भएको जानकारी दिए ।
उक्त बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य, आमन्त्रित सदस्य र सात वटै प्रदेश कार्यसमितिका सभापतिको उपस्थितिका लागि निर्देशानुसार अनुरोध गरिएको उनले जानकारी दिए । कांग्रेसभित्र महाधिवेशनलगायतका विषयमा सहमति नजुटेकाले बैठक प्रभावित भएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हरियो साउनको गहिरो आस्था
-
फ्रान्स–स्पेनमा डढेलोः एक लाख ६० हजारभन्दा बढी विस्थापित
-
देशमा निरङ्कुश प्रवृत्ति देखा पर्यो, एक पटक पुनः सङ्घर्ष गर्न आवश्यक छ : प्रचण्ड
-
१०८ वर्ष पुरानो गणितीय प्रश्न सुल्झाउँदै चिनियाँ गणितज्ञले रचे इतिहास
-
कम्युनिस्ट आन्दोलनले धक्का खाएको छ, नयाँ ऊर्जाका साथ अघि बढ्नुपर्छ: पूर्वप्रधानमन्त्री नेपाल
-
एक वर्षमै एक लाख २७ हजारभन्दा बढी चिठीपत्र तथा हुलाक सामग्री ओसारपसार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण