फोहोर ऐना भनेर पुछ्दा कलाकृति चौपट भएपछि...
सारांश
- ताइवानको एक संग्रहालयका कर्मचारीले ४० वर्ष पुरानो कलाकृति सफा गर्ने क्रममा ध्वस्त पारे।
- कलाकृतिमा लागेको धुलो मध्यमवर्गीय समाजको सांस्कृतिक चेतनाको प्रतीक थियो।
- संग्रहालयले कलाकारलाई क्षतिपूर्ति दिनेबारे छलफल गरिरहेको छ।
ताइपेई । ताइवानको किलुङ म्युजियम अफ आर्टका एक कर्मचारीले अमूल्य कलाकृति ध्वस्त पारेका छन् । ऐनामा फोहोर जमेछ भनेर पुछ्ता कर्मचारीले ‘इन्भर्टेड सिन्ट्याक्स १६’ नामको कलाकृति चौपट पारिदिए । यो कलाकृति धुलोले ढाकिएको एउटा ऐना थियो ।
ऐनामा ४० वर्षसम्म जम्मा भएको धुलो थियो । यो उक्त कलाकृतिको अभिन्न हिस्सा थियो । ऐना साधारण काठको बोर्डमा राखिएको थियो, जसको बिचमा धब्बा थियो । यस धब्बाले मध्यमवर्गीय समाजको सांस्कृतिक चेतनाको प्रतिनिधित्व गर्थ्यो । तर संग्राहलयमा सहयोग गर्ने एक स्वयंसेवकले ऐनामा धुलो लागेछ भन्ने सोचेर सबै धुलो पुछिदिए ।
तर संग्राहलयका अरु कर्मचारी आइपुग्दा कलाकृति ध्वस्त भइसकेको थियो । संग्राहलय उक्त कलाकृति बनाउने कलाकारलाई कसरी क्षतिपूर्ति दिने भनेर छलफल गरिरहेको छ । पछिल्लो समय विश्वभर कलाका अनेक रूपमा देख्न पाइन्छ । यस्ता खालका गल्ती हुँदै नहुने होइन ।
गएको वर्ष नेदरल्यान्डमा सङ्ग्रहालयका नयाँ प्राविधिकले दुई वटा कुच्चिएका बियरका क्यानहरू मिलेर बनेको कलाकृतिलाई फोहोरको टोकरीमा फ्याँकिदिएका थिए । उनले वियरका क्यान कुनै आगन्तुकले छोडेको सोचेर त्यसो गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पोखराको फोहोर फाल्ने ठाउँमा भेटियो ग्रिनेट
-
इरानले भन्यो, ‘कुवेत विमानस्थलमाथिको आक्रमणमा अमेरिकी प्रतिरक्षा प्रणालीको हात’
-
कांग्रेसमा ३ लाख ७५ हजारको क्रियाशील सदस्यता अद्यावधिक
-
विराटनगर महानगरपालिकाका सबै वडा पूर्णखोप सुनिश्चित
-
एमालेको २ दिने कार्यशाला : सदस्यता नवीकरणको म्याद थप्न सुझाव
-
राप्रपाका केही पदाधिकारीसहित १८३ नेता कार्यकर्ताद्वारा पार्टी परित्यागको घोषणा (सूचीसहित)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण